arrow

हलोलाई नै चुनाव चिन्ह बनाउनु पर्छ : राणा

पार्टी कुनै गुटको भजनमण्डली हुन सक्दैन : लोहनी

logo
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
pashupati.jpg.jpeg

काठमाडौं । राप्रपाका राष्ट्रिय अध्यक्ष प्रकाश चन्द्र लोहनीले पार्टी कुनै एक समूहको भजनमण्डली बन्न नसक्ने बताउँदा वरिष्ठ नेता पशुपतिशम्शेर राणाले हलोलाई नै पार्टीको चुनाव चिन्ह बनाउन माग गरेका छन् । एकता महाधिवेशनको उद्घाटन् सत्रमा राष्ट्रिय अध्यक्ष लोहनीले आफुहरु मात्रै देशलाई निकास दिने नयाँ शक्ति भएको भन्दै पार्टी अब कुनै गुटको भजनमण्डली बन्न सक्दैन भने ।

आफुहरुसँग मात्रै देश बदल्ने शक्ति र सोंच तागत भएको बताउँदै लोहनीले निरन्तरतासहितको परिवर्तनमा राप्रपाले जोड दिने बताए । बरिष्ठ नेता राणाले २७ वर्ष अघि आफुहरुले प्रारमम्भ गरेको अभियान अहिले आएर एकतामा परिणत भएको भन्दै एकताको सफलतालाई नौलो नमान्न पनि भने । उनले भने, ‘हिजो हलोले नै राप्रपालाई शक्तिशाली बनाएको भन्दै फेरि पनि चुनाव चिन्ह हलो नै बनाउनु पर्छ ।’ राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि गाईलाई नै चुनाव चिन्ह बनाउने तयारी भएको बताइँदै छ ।

हलोलाई नै चुनाव चिन्ह बनाउने सहमति भएको भन्दै लोहनी कमल थापालाई अध्यक्ष बनाउने सहमतिबाट पछि हटेका छन् । त्यति मात्र नभई लोहनीले अध्यक्ष पदमा उम्मेदवारी दिने पनि भनिरहेका छन् । राणा हलोलाई नै चुनाव चिन्ह बनाउने पक्षमा देखिए पनि कमल थापालाई अध्यक्ष बनाउने सहमतिबाट पछि हटेका छैनन् । महाधिवेशन सुरु हुन २ दिन अघि मात्रै राणा, लोहनी, थापा, चन्द सबैले संयुक्त हस्ताक्षर गरी थापालाई अध्यक्ष सर्वसम्मत बनाउने घोषणा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ