arrow

प्रधानमन्त्री प्रचण्डको मधेस केन्द्रित दलसँग शनिबार फाइनल वार्ता, त्यसपछि चुनावको मिति घोषणा

logo
प्रकाशित २०७३ फागुन ७ शनिबार
prachanda.jpeg
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको मिति घोषणा, संविधान कार्यान्वयन र संविधान संशोधनलगायतका विषयमा मधेस केन्द्रित दलका नेतासँग शनिबार छलफल गर्दैछन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मधेस केन्द्रित दलका नेताकै सहमतिमा निर्वाचनको मिति घोषणा गर्ने तयारी स्वरुप छलफलका लागि आमन्त्रण गरिएको जानकारी दिएका छन् ।  
 
खनालले सबै पक्षको सहमतिमा नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने र मुलुकलाई निर्वाचनमा केन्द्रित गर्ने सरकारको तयारी रहेको बताए । 
 
शनिबार बिहान १० बजे छलफलका लागि प्रधानमन्त्रीले मधेस केन्द्रित दलका शीर्ष नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गरेका छन् । 
 
प्रमुख तीन दलका बीचमा स्थानीय तहको निर्वाचन घोषणा गर्ने विषयमा प्रारम्भिक सहमति भइसकेको र उक्त सहमतिमा मधेस केन्द्रित दलका नेतालाई समेत सहमत गराउने सरकारको तयारी छ । 
 
सरकारले निर्वाचन आयोगलाई यही फागुन ८ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको जानकारी गराएको छ । सङ्घीय सदभावना पार्टीका अध्यक्ष अनिल झाले छलफलका लागि प्रधानमन्त्रीले बोलाएको बताए । 
 
अध्यक्ष झाले संविधान संशोधन, स्थानीय तहको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरिएको र प्रधानमन्त्री निवासमा मोर्चा आबद्ध दल सहभागी हुने जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ