arrow

स्पेनिश लिगमा रियाल बेटिसलाई झड्का, रियाल मड्रिड र स्पानियोल खेल्दै

logo
प्रकाशित २०७३ फागुन ७ शनिबार
spa.jpeg
स्टाडियो । स्पेनिश लिग ला लिगा फुटबलमा रियाल बेटिसलाई झड्का लागेको छ । बेटिसलाई रेलिगेशन क्षेत्रमा रहेको ग्रानाडाले ४–१ ले हराएको हो । घरेलु मैदानमा खेलेको ग्रानाडाले ४–० ले अग्रता लिएपछि भने तनाव भएको थियो ।
 
त्यसपछि दुवैतर्फका एक एक खेलाडीले रातो कार्ड खाए । ७५ औं मिनेटमा भने पेट्रोसले गोल गर्दै सान्त्वना गोल फर्काए । यसअघि आद्रियन रामोसले दुई तथा मेहदी कार्सेला गोन्जालेज र एन्द्रियस पेरेइराले ग्रानाडालाई एक एक गोल दिलाएका थिए । 
 
लिगमा शनिबार राति विभिन्न खेल हुँदा लिग लिडर रियाल मड्रिडले नेपाली समय अनुसार राति ९ बजे स्पानियोलसंग घरेलु मैदानमा खेल्दैछ । 
 
त्यस्तै राति १ः३० बजे सेभियाले घरेलु मैदानमा आइबरसंग खेल्नेछ । 
 
लिगमा २० खेलबाट ४९ अंकको रियाल मड्रिड शीर्ष स्थानमा रहँदा दुई खेल बढी खेलेको बार्सिलोना ४८ अंकसहित दोस्रो स्थानमा छ ।
 
२२ खेलबाट ४६ अंकको सेभिया तेस्रो स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ