arrow

जीविकोपार्जनका लागि नगद वितरण

logo
प्रकाशित २०७३ फागुन ७ शनिबार
rupees.jpg.jpeg
नगरकोट । नेपाल रेडक्रस सोसाइटी भक्तपुरले भूकम्प प्रभावितको जीविकोपार्जनका लागि शुक्रबारदेखि नगद वितरण सुरु गरेको छ । रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले चाँगुनारायण–१७ झौखेल निवासी एकल महिला गणेशमाया दनेखुलाई नमुना चेक हस्तान्तरण गरी नगद वितरण कार्यक्रमको शुभारम्भ गरे । 
 
चाँगुनारायण – ६ र १७ का दुई सय १२ परिवार भूकम्प प्रभावितलाई पहिलो किस्ता बैंक मार्फत वितरण गरियो । 
 
जिप्रका भक्तपुरले तोकिदिएकोे जिल्लाका विभिन्न नगरपालिकाका २१ वटा वडाको करिब तीन हजार एक सय घरधुरीलाई रु २० हजारका दरले नगद अनुदान सहयोग वितरण गर्ने कार्यक्रम छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ