arrow

‘एड्स महासंघको चौथो महाधिवेशनमा धाँधली भयो’

logo
प्रकाशित २०७३ फागुन ७ शनिबार
HIV-AIDS-dating.jpeg
काठमाडौं । राष्ट्रिय एचआईभी एड्स महासंघ नेपालको चौथो महाधिवेशनमा धाँधली भएको खुल्न आएको छ । शनिबार राजधानीमा एचआईभी संक्रमित संघर्ष समितिले पत्रकार सम्मेलन गरेर यही फागुण १ गते काभ्रेमा भएको महासंघको चौथो अधिवेशनमा व्यापक धाँधली भएको गुनासो पोखेको हो । 
 
संघर्ष समितिका संयोजक अमिर खड्काले एचआईभी संक्रमतिको हकअधिकारको लागि वकालत गर्ने संस्थाले नै नयाँ कार्य समिति चयन गर्ने समयमा धाँधली हुनु दुःखद भएको टिप्पणी गरे ।
उनले भने, ‘दुई–दुई बर्षको अन्तरालमा परिर्वतन हुने नयाँ कार्य समितिको लागि भएको चौथो राष्ट्रिय अधिवेशनमा उम्मेद्वारी दर्ता समेत गर्न दिईएन, संस्थालाई एकलौटी ढङ्ले चलाउन खोजिएको छ, काम गर्न सक्षम र घर परिवारबाट निस्कासित महिलाहरूको एकमात्र बाँच्ने आधार खोसिएको छ, बालबच्चा र जीवन चलाउन मुस्किल भएको छ ।’
 
उनले अघि थपे,‘हामीले अधिकारका कुरा गर्दा उल्टै दादा गिरी गर्न खोजिएको छ ।’ म पनि यहि संस्थाको काम गरि रहेको छु, उनीहरूको पुरानै कार्य समिति चयन हुँदा मैले गरिरहेको र लिईरहेको सेवा सुविधा खोस्ने अनि अन्यायमा पार्नेमा लाग्नु भएको छ ।’
 
त्यस्तै विगत ११ बर्षदेखि काम गर्दै आएकी एचआईभी संक्रमित (अनिशा तृप्ति नाम परिवर्तन) ले आफुहरू काम गर्न सक्षम हुँदाहुँदै पनि स्वस्थ मानिसलाई ल्याएर गरिखाने बाटो खोसिएको दुःखेसो पोखिन् । उनले भनिन्, ‘हामी विगत ११ बर्षदेखि काम गर्दै आईरहेका साथीहरुलाई अपमानजनक ढङ्ले तथानाम गाली गर्ने र कामबाट निकाल्ने काम भएको छ, उपाध्यक्षले चरित्रहिन आईमाई भनेर अपमान गरेका छन्, यो ठूलो अपमान हो ।’
 
उनले थपिन्, ‘हामीले अधिकारका कुरा गर्दा आफुसँग पैसा छ, तिमीहरू जहाँसुकै जाउ, हामी पैसा पेल्छौँ भनेर धाकधम्कि दिएका छन्, अब हामी धाँधलीबाट आएको वर्तमान कार्यसमितिको खारेजीको माग गर्र्छौँ, आर्थिक अनियमितता भएको छ, यसको निश्पक्ष छानविन हुनुपर्छ, हामीलाई काममा पुनःस्थापना गरिनुपर्छ, बाँच्न पाउने अधिकारलाई हामीले सम्मानजनक रुपमा प्रयोग गर्न पाउनुपर्छ, यदि हाम्रा मागहरूको सुनुवाई भएन भने मानव अधिकारकर्मीको सरणमा जानेछौँ ।’ कार्यक्रममा पीडितहरु अमित, जानकी, महिता, पुजा लगायतले आफ्ना कुरा राखेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ