arrow

खैरो हिरोइनसहित एक पक्राउ

logo
प्रकाशित २०७३ फागुन ७ शनिबार
heroin_powder.jpeg
लहान । लागुऔषध खैरो हिरोइनसहित प्रहरीले सिरहाको कसहाबाट शनिबार एक युवकलाई पक्राउ गरेको छ । 
 
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कसहाबाट खैरो हिरोइनसहित सिरहाको गोलबजार– ६ निवासी भक्ति राईलाई पक्राउ गरेको हो । 
 
पक्राउ परेका राईको साथबाट तीन ग्राम खैरो हिरोइन बरामद भएको इलाका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिए । 
 
पक्राउ परेका राईले पूर्वी नेपालको काँकडभीट्टा पारी भारतीय बजार पानीट्याङ्कीबाट लागुपदार्थ हिरोइनल्याई सिरहाको गोलबजार, मिर्चैया, उदयपुरको कटारी लगायतको क्षेत्रमा बेच्ने गरेको प्रहरीको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ