arrow

पाँचथरमा अनलाइन शिक्षा कार्यक्रम लागू

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ फागुन ७ शनिबार
online.jpg.jpeg
पाँचथर।  पाँचथरमा अनलाइन शिक्षा कार्यक्रम लागू भएको छ । जिल्लाको नाँगिन स्थित नाँगिन माविमा शुक्रबार आयोजित एक कार्यक्रमका वीच वरिष्ठ सामाजिक अभियान्ता डाक्टर महाविर पुनले विद्यालयलाई आवश्यक कम्प्यूटर र उपकरण हस्तान्त्रण गरेसँगै कार्यक्रम लागू भएको हो ।
 
 उक्त कार्यक्रममा वोल्दै आविष्कार केन्द्र स्थापनार्थ सरकारले गम्भीरता नदेखाएको गुनासो गरे ।  मुलुकको आर्थिक समृद्धिका लागि मानव पुँजीलाई परिचालन गर्न आविष्कार केन्द्र आवश्यक पर्ने भन्दै बारम्बार आग्रह गरिएपनि सरकारले गम्भीरता नदेखाएको उनको गुनासो छ ।
 
कार्यक्रममा उद्योग वाणिज्य हकहित सम्वद्ध समिती सभापति भिष्मराज आङदेम्बे,सामाजिक अभिन्ताहरु ज्ञानमणि नेपाल,मेदनी अधिकारी,इक्वालिटी फाउण्डेशनका केन्द्रिय उपाध्यक्ष राधाकृष्ण न्यौपाने,नेपाली काग्रेस पाँचथर जिल्ला सचिव रुपनारायण जवेगु,नेकपा एमाले जिल्ला उपाध्यक्ष भवानी लिङदेन,नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज हर्क नेम्बाङ,नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष विरेन्द्र खड्का,नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष मनोरथ चापागाई लगायतले मनतब्य ब्यक्त गरेका थिए ।
 
इक्वालिटी फाउण्डेशनले जिल्लाका नाँगिन मावि सहित २७ वटा विद्यालयमा कम्प्यूटर लगायतका सामाग्री प्रदान गर्ने भएको फाउण्डेशनका केन्द्रिय उपाध्यक्ष राधाकृष्ण न्यौपानेले वताए । समयानुकूल शिक्षामा जोड दिँदै बालबालिकालाई व्यवहारिक ज्ञान र सीप प्रदान गर्न अनलाइन शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । आगामी शैक्षिकसत्रदेखि कार्यक्रम लागू हुने भएको छ ।
 
‘आफ्नो विद्यालय आफैँ बनाऔं’ भन्ने अभियान अन्तर्गत सुरु गरिएको अभियान अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले तयार गरेको पाठ्यक्रमलार्ई आधार मानेर कम्प्युटर सफ्टवेयरको माध्यमबाट विद्यार्थीलाई ज्ञान दिलाउने र यसले पाठ्यपुस्तक नपाउने समस्या हल हुने फाउन्डेसनका ज्ञानमणि नेपाल बताउछन् । नेपालमै पहिलो पटक पाँचथर, झापा र बझाङ्मा अनलाइन शिक्षा कार्यक्रम लागू गर्ने बताइएको छ ।
 
पाठ्यक्रम, पाठ्यपुस्तक लगायतका शैक्षिक सामग्री राखिएको सफ्टवेयर कम्प्युटरमा जडान गरेर पठनपाठन गराइने फाउण्डेसनका महावीर पुनले बताउनुभयो । कम्प्युटरको माध्यमबाट पठनपाठन गर्न थालेपछि पाठ्यपुस्तकको आवश्यकता कम हुने साथै विभिन्न निकायहरुसँगको सम्पर्कले थप सहयोग जुट्ने पुनको भनाई छ ।
 
जिल्ला शिक्षा कार्यालय पाँचथरसँगको समन्वयमा फाउण्डेसनले कार्यक्रम लागू गर्न लागेको हो । कार्यक्रम पाँचथर बहुमुखी क्याम्पस, फिदिम मावि, गढी मावि, सुखबोध मावि, जनकल्याण मावि, कालिका मावि, सरस्वती मावि, भगवती मावि, नाङ्गिनको सिद्धदेवी मावि, कालिका मावि, याङनामको खलङ्गटार मावि, सिंह सिद्ध मावि, अंशु भञ्ज्याङ र रानीटारको इथुङ मावि र रानीटार माविमा पनि अनलाइन शिक्षा कार्यक्रम लागू गरिने छ ।
 
लुङ्रुपाको गुप्तेश्वर महादेव मावि, पौवासारतापको जलसिंह मावि, नवमीडाँडाको सिद्धदेवी मावि, लुम्फाबुङको लुम्फाबुङ मावि, थर्पुको थर्पु मावि, पञ्चमीको सिरिजङ्गा माविमा पनि अनलाइन शिक्षाको माध्यमबाट पठनपाठन गराइने भएको छ ।
 
कार्यक्रमको प्रोजेक्ट म्यानेजर समेत रहेका राधाकृष्ण न्यौपानेका अनुसार भारपाको जोरपोखरी मावि, सिद्धेश्वरी मावि, सिद्धकालिका मावि, यासोकको पृथ्वी मावि र आङसराङको जयनारायण माविमा पनि सोही कार्यक्रम लागू गर्ने तयारी भइरहेको छ ।
 
फाउण्डेसनले पहिलो चरणमा विद्युतिकरण भएको र सोलारको व्यवस्था भएको विद्यालयलाई छनौट गरेको हो । दोश्रो र तेश्रो चरणमा जिल्लाको सवै मा.वि.मा र त्यसपछि भने छिमेकी जिल्ला ताप्लेजुङ, इलाम र झापामा पनि कार्यक्रम गर्ने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ