arrow

सीआईएको निर्देशनमा फ्रान्सेली राष्ट्रपति निर्वाचनको जासुसी : विकिलिक्स

logo
प्रकाशित २०७३ फागुन ७ शनिबार
wikileaks.jpeg
लन्डन (बेलायत)। विकिलिक्सद्वारा बिहीबार सात पृष्ठ लामो एक दस्तावेज सार्वजनिक गर्दै फ्रान्सको सन् २०१२ मा भएको राष्ट्रपतिको निर्वाचनमा जासुसी गर्न अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए) ले आफ्ना अधिकारीहरुलाई निर्देशन दिएको जनाइएको छ । 
 
बिहीबार राति विकिलिक्सद्वारा उक्त दस्तावेजलाई सार्वजनिक गर्दै भनिएको छ, अमेरिकी जासुसहरु अनधिकृत रुपमा निर्वाचन अभियानलाई प्रभावित तुल्याउन खटिएको बताइएको छ । 
विकिलिक्सद्वारा प्रकाशित सीआईएसम्बन्धी गोप्य दस्तावेज असाधारण भए पनि निर्देशन सामान्य सूचना सङ्कलन जस्तो देखिएको छ । 
 
फ्रान्सेली सञ्चारमाध्यमले दस्तावेजबाट निर्वाचन हुनुभन्दा दुई महिना पहिले सार्वजनिक यस सूचनालाई खासै महत्व भने दिएको पाइएन । सीआईएद्वारा दस्तावेजबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको छ । 
 
विकिलिक्सले दस्तावेज कहाँबाट आएको हो भन्ने विषयमा प्रतिक्रिया नदिएको तर इमेलमार्फत सूचना आधिकारिक भएको जनाएको छ । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ