arrow

इलाममा पत्रकार महासंघको अधिवेशन वहिष्कार

logo
प्रकाशित २०७३ फागुन ७ शनिबार
FNJ-logo.jpg.jpeg
काठमाडौं । नेपाल पत्रकार महासंघ, इलाम शाखाको शनिबार हुने भनिएको अधिवेशन नेपाल प्रेस युनियन र संघीय प्रेस फोरमले बहिष्कार गरेका छन् ।
 
सदस्यता विवाद टुङ्गो लागेको भनिए पनि अधिवेशनको अघिल्लो दिनसम्म सदस्यको सूची आइनपुगेको र टाढा रहेका सदस्यहरु तत्काल उपस्थिति हुन नसक्ने अवस्था देखिएपछि अधिवेशन दुई दिन पछि सार्न गरिएको आग्रहलाई बेवास्ता गरेको भन्दै युनियन र फोरमले अधिवेशनलाई संयुक्त रुपमा वहिष्कार गरेको बिज्ञप्ती मार्फत जनाएका छन् । 
 
पटक पटकको बार्ता असफल भएपछि महासंघ, इलामले केन्द्रको निर्देशन भन्दै अधिवेशन उदघाटन गरेको छ । यता यूनियन र फोरमले अधिवेशनको औचित्य सकिएको भन्दै बहिष्कार गरेको जनाएका छन् ।
 
सदस्यहरुको भावनालाई अपमान गर्दै बलजफती अधिवेशन गरेको कारण समानान्तर समिति गठन गर्ने तयारी भइरहेको नेपाल प्रेस युनियन,इलाम शाखाका सभापति तोयानाथ भट्टराईले जानकारी दिए ।
 
उनले महासंघको यस्तो प्रबृत्तिलाई अन्तराष्ट्रियकरण गर्दै अदालतसम्म जाने बताएका छन् । यता, नेपाल प्रेस यूनियन केन्द्रीय समितिले महासंघलाई एकलौटी गरेको भन्दै आपत्ति जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ