arrow

कञ्चनपुर महोत्सवको मुख्य आकर्षण चौरी गाई

महेन्द्रनगर बजारमा सिसिटिभी क्यामेरा जडानमा केही रकम खर्चने

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७३ फागुन ७ शनिबार
chaurigai-kanchanpur.jpeg
कञ्चनपुर । कञ्चनपुरको खुलामञ्चमा सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु भएको छ ।कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजमा सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०७३ शुरु भएको हो ।
 
महोत्सवको व्यवस्थापिका संसद सदस्य तथा कञ्चनपुरका निर्वाचन क्षेत्र नम्बर ३ का साँसद बहादुर सिह थापाले शुक्रबार साँझ उद्घाटन गरे। महोत्सवको उद्घाटन गर्दै सांसद थापाले कञ्चनपुरको पर्यटजको विकासमा आफूले सक्दो सहयोग गर्ने बताए । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा ‘कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण सुदरपश्चिम समृद्धिको आधार’ भन्ने मुल नाराका साथ सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव हुन लागेको हो ।  
 
दशौँ पटक संघले आयोजना गर्न लागेको क्षेत्रीयस्तरको मेला तथा महोत्सवमा  उत्पादित बस्तुहरुको बजार प्रबद्र्धनमा टेवा निकासीजन्य बस्तुहरुको पहिचान तथा निकासीकर्ता बिच सम्पर्क एव व्यापारिक कारोबारको सम्भावना व्यापाक बनाउन, स्वदेशी उत्पादनको उपभोगका लागि जनचेतनामा जगाउनका साथै आधुनिक एव नयाँ प्रविधिका उपकरण बारे जानकारी गराउने मेलाको उदेश्य रहेको छ ।
 
यस्तै यस क्षेत्रको व्यावसायिक, आर्थिक, औद्योगिक, कृषि, पर्यटकीय अवसर सृजना गर्ने सहकारी वित्तिय क्षेत्र तथा बैकिङ्ग क्षेत्रका सेवा, सूचना प्रविधि वैकल्पिक उर्जा सम्बन्धी जानकारी गराउने, कृषि पेशालाई व्यवसायिक रुपमा उन्मुख गराउन सहयोग गर्ने, कृषि व्यवसायहरुलाई प्रर्बद्धन गर्ने, पर्यटन शिक्षा स्वास्थ्यको क्षेत्रको अवसर खोजी सेवाको प्रचार प्रसार, ग्रामिण क्षेत्रको उत्पादन हुने हस्तकला समाग्री सीपमुलक तालिमबारे जानकारी गराईने छ । 
 
यस्तै केराको उत्पादन, केराबाट बन्ने अन्य बस्तुहरुको प्रर्वद्धन गर्ने गराउने मेलाको मुख्य उद्देश्य रहेको छ ।  महोत्सवमा १ सय ७५ स्टलमा लघु उद्यम, अटो, कृषि, गार्मेन्ट, जुत्ता चप्पल, वैकल्पिक उर्जा, पर्यटन प्रर्वद्धन, गुणस्तरिय दैनिक उपभोग्य सामाग्री, निर्माण समाग्री, तथा औजार सूचना प्रविधि, ईलेक्ट्रोनिक्स, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सेवा प्रर्दशन गरिने आयोजकले जनाएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरश रावलका  अनुसार वि.सं. २०५७ सालदेखि संघले मेला संचालन गर्दै आएको छ । हाल आईपुग्दा संघले १० औँ पटक कञ्चनपुरको महेन्द्रनगरमा औद्योगिक व्यापार मेला संचालन गर्न लागेको हो ।  यस बर्ष र्चौरी गाईको समेत प्रर्दशन गरिने उनले बताए । 
 
सुदूरपश्चिमका देउडा, रानाथारु नृत्य, विभिन्न समुदायको लोक संस्कृतिका साथै हास्यव्यङ्य, दोहरी, तथा ख्यातीप्राप्त स्थानीय, राष्ट्रिय तथा भारतीय कुमाउँ क्षेत्रका कलाकारबाट विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । स्थानीयहरु कलाकारहरुलाई समेत विशेष प्राथामिकता दिदै आएको आयोजकले जनाएको छ ।
 
महोत्सव अवलोकनका लागि आयोजकले विद्यार्थी सहुलियत रु.२५ र साधारण तर्फ ५० रुपैयाका निर्धारण गरेको छ । बिक्रि भएको प्रति एक टिकेट बाफत महेन्द्रनगर बजारमा सिसिटिभी क्यामेरा जडान गर्नका लागि ३ रुपैया सहयोग गरिने समेत संघले जनाएको छ ।  छिमेकी मुलुक भारतबाट समेत दर्शकहरु आउने आयोजकले जनाएको छ । 
 
महोत्सवमा ६ करोड सम्मको कारोबार हुने आँकलन गरेको छ । सुदूरको पर्यटन क्षेत्रको विस्तारका लागि पर्यटकीय क्षेत्रको जानकारीका साथै डोटेली, रानाथारु समुदायको खानाका विशेष परिकार समेत मुख्य आकर्षण गरिने छन् । यस्तै बालकालिकाहरुको मनोरञ्जनका लागि बाल उद्यानहरु समेत रहने छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ