arrow

दलीय हठले देशलाई निकास दिदैन : राणा

logo
प्रकाशित २०७३ फागुन ७ शनिबार
tarun-dals.jpeg
स्याङ्जा । नेपाली कांग्रेसका यूवा नेता एवम् सांसद उदय शमशेर राणाले संविधान कार्यान्वयनका लागि सबै दलहरु जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् ।शनिवार स्याङ्जामा नेपाल तरुण दल क्षेत्र नं. २ ले आयोजना गरेको कार्यक्रममा तरुण दलका पूर्व अध्यक्ष समेत रहेका सांसद राणाले निर्वाचन नभए संविधानको औचित्य समाप्त हुने बताए । 
 
उनले भने, ‘हामीसंग धेरै समय बाँकी छैन । अबको एक बर्षभित्र तीन वटा निर्वाचन गर्नुछ । त्यसका लागि सबै दलहरु एक जुट हुनुको विकल्प छैन ।’ सांसद राणाले निर्वाचनका आवश्यक बाँकी कानुन निर्माण पनि अन्तिम चरणमा पुगिसकेको उल्लेख गर्दै संसदबाट केही दिनमै पारित हुने विश्वास व्यक्त गरे । सबै दलहरुले दलीय हठ त्यागेर संविधान कार्यान्वयनमा जानुपर्नेमा राणाले जोड दिए । ‘मधेशी मोर्चा संविधान संशोधन नगरी निर्वाचनमा नजाने बताईरहेको छ । यता एमाले संविधान संशोधन हुनै नसक्ने बताईरहेको छ । उनले भने, ‘यसले देशलाई निकास दिन्न । सबै दलहरु जिम्मेवार ढंगले यति बेला राष्ट्रिय निकासका लागि लाग्नुपर्छ ।’
 
 
बैदेशीक रोजगारीले अर्थतन्त्रको ठूलो टेवा पुर्‍याएपनि देश समृद्धिका लागि यो अन्तिम विकल्प नरहेको उनको भनाई थियो । ‘हामीले युवाहरुलाई विदेश पठाएर बेरोजगारी समस्याबाट भाग्न हुन्न, तरुण दलका  पूर्व अध्यक्ष राणाले भने, ‘बैदेशीक लगानी भित्राएर देशभित्रै युवाहरुलाई रोजगारी सिर्जना गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ