arrow

उपभोग्य वस्तुमा मिसावटले गम्भीर असर परेकोमा चिन्ता

logo
प्रकाशित २०७३ फागुन ७ शनिबार
anupraj_sharma.jpeg
पोखरा । राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष अनुपराज शर्माले दैनिक उपभोग्य वस्तुमा मिसावट र रसायनको प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोग, पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखराले शनिबार पोखरामा आयोजना गरेको ‘व्यवसाय र मानवअधिकार’ विषयक दुईदिने क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले यसबाट मानिसको बाँच्न पाउने हकलाई समेत कुण्ठित पारेको बताए । 
 
उनले आरोप प्रत्यारोपमा लाग्नुभन्दा सबैले मानवअधिकारको संरक्षण र संवद्र्धनमा बढी चनाखो हुनुपर्नेमा जोड दिए। सो अवसरमा आयोगको क्षेत्रीय कार्यालयका प्रमुख सूर्यबहादुर देउजा र पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले ‘व्यवसाय र मानव अधिकार’, विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 
 
कार्यक्रममा क्षेत्रीय प्रशासक यमकुमारी खतिवडा, प्रजिअ हरिप्रसाद मैनाली तथा वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले पनि मन्तव्य व्यक्त गरेका थिए 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ