arrow

'चुनावमा नगए मधेशबादी दलको अस्तित्व समाप्त हुन्छ'

logo
प्रकाशित २०७३ फागुन ७ शनिबार
1474977250Gokarna-Bista.jpeg
हेटौंडा । नेकपा एमालेका सचिव तथा पूर्व उर्जा मन्त्री गोकर्ण विष्टले स्थानीय निकायको चुनाव घोषणा गर्दा मधेसवादी दलहरुले बिरोध गरे भने मधेसवादी दलहरुको अस्तित्व समाप्त हुने चेतावनी दिएका छन् । पेशागत महासंघले मकवानपुरको हेटौँडामा शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै विष्टले यसो बताएका हुन साथै उनले संविधानले सबै नेपालीलाई समान अधिकार र हैसियत दिएको र संविधान कार्यन्वयनको लागि स्थानीय तहको निर्वाचन अत्यन्त आवश्यक रहेको भन्दै निर्वाचनलाई मान्दिन भन्दै हिड्ने कार्य मूर्खता रहेको दाबी गरे । 
 
उनले त्यसो भन्ने राजनीतिक दलहरुको अस्तित्व समाप्त हुने बताए । विष्टले सरकारले स्थानीय निर्वाचनको मिति घोषण गर्न आलटाल गरेर देशलाई  संकटमा पार्न खोजेको भन्दै उनले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सहमति गरेको भन्दै प्रचार गरेपनि घोषणा गर्नु नसक्नु शंकाको विषय भएको उनको धारणा ब्यक्त गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ