arrow

मानवअधिकार उल्लङ्घनमा ७४० जना पीडित

logo
प्रकाशित २०७३ फागुन ७ शनिबार
human-trafficking.jpeg
पोखरा । पश्चिमाञ्चलमा सन् २०१६ मा मानव अधिकार उल्लङ्घनमा ७४० जना मानिस पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय पोखराले शनिबार सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तकमा सो वर्ष राज्यका तर्फबाट १३ महिला ७८ पुरुष गरी ९१ जना पीडित भएको इन्सेकका संयोजक शिव खकुरेलले जानकारी दिए । 
 
त्यस्तै गैरराज्यको तर्फबाट ५६७ जना महिला र ९२ जना पुरुष मानवअधिकार उल्लङ्घनबाट पीडित भएका थिए । संस्थाले हरेक वर्षको फागुन ७ गते अघिल्लो अङ्ग्रेजी वर्षभर यस क्षेत्रमा घटेका मानवअधिकार उल्लङ्घनका घटनालाई समेटेर यस वर्ष पुस्तक प्रकाशन गर्दै आउने गरेको छ । 
 
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले वर्ष पुस्तक, २०१७ सार्वजनिक गर्दै मानवअधिकारको संरक्षण र संवद्र्धनका लागि इन्सेकले समन्वयकारी भूमिका खेलेकामा आभार व्यक्त गरे । उनले वर्ष पुस्तकलाई ग्रामीण तहका विद्यालय तथा जनतासम्म पु¥याउनु पर्ने बताउँदै राजनीतिक अस्थिरताका कारणले मानवअधिकार उल्लङ्घनका घटना बढ्दै गएको बताए । 
 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, कार्यक्रम संयोजक सवनम शर्मा, अधिकृत सुमित्रा भट्टराई, वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बराल, गैरसरकारी महासङ्घका केन्द्रीय सचिव रामप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चाका शङ्कर बराल, राप्रपाका मोतीमान शाक्य, माओवादी केन्द्रका गङ्गा पोखरेल र एमालेका कृष्ण थापालगायतका वक्ताले मन्तव्य व्यक्त गरेका थिए । 
 
कार्यक्रममा उत्कृष्ट बागलुङका जिल्ला प्रतिनिधिका सिर्जना पन्तलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ