arrow

निर्वाचन तयारीबारे छलफल

logo
प्रकाशित २०७३ फागुन ७ शनिबार
ःबयषकत.jpg.jpeg
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनको तयारीका बारेमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको हेडक्वाटरको बैठकमा निर्वाचनका विषयमा भएका तयारी, पार्टीको आन्तरिक गतिविधि तथा अवस्थाका बारेमा छलफल भएको हो । 
 
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीति र माओवादी केन्द्रको सङ्गठनात्मक विषयबारे समीक्षा गरेको छ । बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहको निर्वाचनबारे सरकारले गरेको तयारी र राजनीतिक दलहरुसँग भएको संवादबारे बैठकलाई जानकारी गराउनुभएको थियो । 
 
बैठकमा हेडक्वार्टर सदस्यहरुले पार्टी आन्तरिक सङ्गठनात्मक विषय, संविधान संशोधनको प्रक्रिया र स्थानीय तहको निर्वाचनबारे आफ्ना सुझावहरु राखेका थिए। 
 
यस्तै बैठकले पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने, पार्टीका स्थानीय तहका समितिहरुको सम्मेलन सम्पन्न गर्ने, एकता गर्न बाँकी रहेका मोर्चा, जनवर्गीय सङ्गठन र विभागहरुको एकता सम्पन्न गर्ने र निर्वाचनलाई केन्द्रित गरेर सङ्गठनात्मक कामलाई अघि बढाउने निर्णय गरेको छ । 
 
राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै बैठकले स्थानीय तहको निर्वाचन निर्विकल्प भएको निष्कर्ष निकालेको छ । हेडक्वार्टर सदस्यहरुले अन्तिमपटक सत्तारुढ नेपाली काँग्रेस, मधेसी मोर्चा र निर्वाचन आयोगसँग पनि छलफल गरेर एक दुई दिनभित्रै निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको हेडक्वार्टर सदस्य तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ