arrow

लेखापालको फेसबुकमा १६ जिबी अश्लील डाटा

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
facebook.jpeg
काठमाडौं । प्रहरीले विद्युतीय उपकरण प्रयोग गर्दै अश्लील क्रियाकलापमा संलग्न एक व्यक्तिको फेसबुक अकाउन्टभित्र १६ जिबी अश्लील डेटा फेला पारेको छ । सामान्यतया साढे दुई घण्टा लामो चलचित्रको कम्प्युटर डाटा भार दुई जिबीभन्दा कम हुन्छ।
 
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले अश्लील र छद्मनाममा खोलेको फेसबुक पेजमा आवाज, दृश्य र शब्दको ठूलो भण्डार जम्मा गरेका थिए ।
 
ललितपुरका सुरज बस्नेतले खोलेको उच्चारण गर्न समेत नमिल्ने पेजमा महिला, पुरूष र तेस्रो लिंगीसम्मले साटासाट गरेका तस्वीर भिडियो र वार्तालापको भण्डार फेला परेको छ।
 
उनी महानगरीय अपराध महाशाखाको हिरासतमा छन्। महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले एउटा निजी कम्पनीमा लेखापालको जागिरे रहेका बस्नेतले सामाजिक सञ्जालमा अश्लील समाग्री भण्डारण गरेको पाइएको बताए।
 
उनका अनुसार महाशाखामा रहेको साइबर सेलले बस्नेतको पेजबाट ठूलो मात्रामा व्यक्तिका गोप्य र अति गोप्य सामग्री बरामद गरेको हो ।
 
यसरी फेला परे बस्नेत 
रौतहट चन्द्रनिगाहपुरका २१ वर्षीय सागर धिताल बस्नेतले सञ्चालन गरेको अश्लील पेजका सदस्य थिए । धितालले सोही पेजमा एउटी महिलाको फोन नम्बर र तस्बिर फेला पारे ।
 
त्यसपछि धितालले दैनिक ती महिलालाई अश्लील एसएमएस पठाउन थाले । रातदिन अश्लील एसएमएस र फोनले हैरान भएपछि ती महिला महाशाखाको सम्पर्कमा गइन् ।
 
महाशाखाले धिताललाई पक्राउ गरेपछि सामाजिक सञ्जाल फेसबुकमा भइरहेको अश्लील व्यापारको भण्डाफोर भयो । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ