arrow

एफए कपमा चेल्सीको जित, लेस्टरलाई झड्का, म्यानचेष्टर सिटी पनि स्तब्ध

समर्थक मैदानमा छिरेपछि बबाल

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
fan.jpeg
मोलिनेक्स स्टेडियम । एफए कप फुटबलको पाँचौं चरणका खेलमा प्रिमियर लिग लिडर चेल्सीले विजयी नतिजा निकाल्दा लेस्टर सिटीले भने पराजय भोगेको छ । त्यस्तै म्यानचेष्टर सिटी बराबरीमै थन्किएको छ ।
 
चेल्सीले वोल्भरह्याम्पटन वान्डेरर्सलाई उसकै मैदानमा २–० ले हरायो । चेल्सीलाई विजयी गराउन पेड्रो रोड्रिग्वेज र डिएगो कोस्टाले एक एक गोल गरे । 
 
लेस्टर सिटीलाई भने मिल्वालले झड्का दिएको छ । मिल्वालले घरेलु मैदानमा १–० को जित निकालेको छ । जाक कुपर ५२ औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मिल्वाल १० जनामा समेटियो ।
 
तर पनि लेस्टरले दबाब बनाउन सकेन । अन्तिम मिनेटमा शाउन कमिङ्सले गोल गर्दै मिल्वाललाई जिताए ।
 
तर गोलपछि मिल्वालका घरेलु समर्थकहरु सयौंको संख्यामा मैदानमा प्रवेश गरेपछि प्रहरीलाई सकस भएको थियो । चार प्रहरीहरु घोडासहित मैदानभित्र छिरेर भीड पन्छाएका थिए ।
 
मैदान छिर्नेमा केटाकेटीदेखि महिलासम्म थिए । 
 
त्यस्तै म्यानचेष्टर सिटीले मिडिल्सफिल्ड टाउनसंग गोलरहित बराबरीमा चित्त बुझाएको छ ।
 
बर्नलेले लिंकनलाई १–० ले तथा मिडिल्सब्रोले अक्सफोर्ड युनाइटेडलाई ३–२ ले हरायो । 
Molineux registered its highest attendance since 1981 as Wolves were beaten by ChelseaThe A4 piece of paper declared that the Wolves winger was better than Diego Costa
Costa started for Wolves as they hosted Chelsea in the fifth-round of the FA Cup
Pedro kept up his record of scoring in every FA Cup game for Chelsea this season
Antonio Conte had an abundance of riches to choose from despite resting some key players
A young Wolves fan shows off an inflatable FA Cup as he watches the clash against Chelsea
Two stewards and a police horse attempt to stop supporters goading Leicester City fans after the full-time whistle at The Den
Millwall supporters were blocked from reaching the away fans after they descended on to the pitch after their FA Cup victory
Two Milwall fans goad Leicester defender Yohan Benalouane as he tries to leave the pitch after their defeat on Saturday
Two police officers on horseback and two stewards keep a watchful eye over the home supporters who invaded the pitch
A young woman gestures to the away end with her right hand at the away end as a thin line of stewards separate supporters
Four police horses had to be deployed in an attempt to calm the tension and disperse the fans on the pitch at The Den
Millwall's players celebrate in front of their dugout after Shaun Cummings scored a last-gasp winner in their FA Cup tie
One man tries to climb on to the crossbar at The Den, while another in a string vest taunts the Leicester City supporters
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ