arrow

अर्जेन्टिनामा बस दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
bus-crash.jpeg
अकोन्कागुवा । अर्जेन्टिनामा बस दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । चिलीको सीमा नजिक अकोन्कागुवा शिखर नजिकै भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
 
उक्त कोचका दुई चालक भने बाँचेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ भइरहेको बताइएको छ । 
 
मृतकमा तीन बालबालिकासमेत रहेको स्थानीय अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।
 
मृतकहरु अर्जेन्टिना, चिली, कोलम्विया र हैटीका भएको पनि अधिकारीलाई उधृत गर्दै एएफ्पीले जनाएको छ । 
 
यात्रुहरुले उजुरी गरे पनि बस भने तीव्र गतिमा चलाइएको जिवित यात्रुहरुले बताएका छन् । 
 
यसअघि सन् २०१५ को डिसेम्बरमा उत्तर पश्चिमी अर्जेन्टिनामा बस पुलबाट खस्दा ४१ जनाको मृत्यु भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ