arrow

घरभित्रको धुवाँ प्रदुषण मुक्त गर्ने प्रयास, ३५ हजार घरधुरीमा परम्परागत चुलो

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
paramparagat-chulo.jpeg
इलाम । इलामलाई सन् २०१७ सम्ममा घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइए पनि हालसम्म २२ हजार घरधुरीमा मात्र सुधारिएको चुलो निर्माण भएको छ । 
 
जिल्ला विकास समितिको २१ औँ जिल्ला परिषद्ले जिल्लालाई नै घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ सुधारिएको चुलो निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाउने निर्णय गरेको थियो । 
 
जिविसले लक्ष्य निर्धारण गरे पनि ६४ हजार ५०२ घरधुरीमध्ये अझै पनि ३५ हजार ७०० घरधुरीले परम्परागत चुलोनै प्रयोग गरिरहेका छन् । 
 
जिल्लाका प्याङ, गोर्खे, सिद्धिथुम्का, लुम्दे, सोयाङ, नामसालिङ, साँखेजुङ, जीतपुर, माबु, शान्तिडाडाँ र माइमझुवा गाविसलाई घरभित्रको धुवाँ प्रदूषण मुक्त गाविस घोषणा गरिसकिएको नामसालिङ सामुदायिक विकास केन्द्रका जिल्ला चुलो संयोजक प्रकाश खतिवडाले जानकारी दिए । 
 
यही वर्षभित्र गजुरमुखी, इभाङ, आमचोक, माइमझुवा, नयाँबजार र बरबोटेलाई घरभित्रको धुवाँ प्रदूषण मुक्त गाविस बनाउने लक्ष्य लिइएको छ । 
 
फलाम र माटोको गरी इलामका २२ हजार घरमा सुधारिएको चुलो निर्माण भएको छ । जिल्लामा चार हजार ७७५ परिवारले एलपी ग्यास र ३५ हजार ७०० घरधुरीमा परम्परागत चुलो प्रयोग गरिरहेका छन् । 
 
परम्परागत चुलोका कारण भान्सामा काम गर्ने गृहिणी, बालबच्चालाई विभिन्न रोग लाग्ने गरेको छ । करिब रु दुई हजारमा सुधारिएको चुलो निर्माण हुन्छ । 
 
इलाममा ५०० जनाले सुधारिएको चुलो निर्माणसम्बन्धी तालिम लिएका छन् । तीमध्ये १५० जना चुलो प्रवर्तकले मात्रै अहिले चुलो निर्माण गरिरहेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ