arrow

विरोधकाबीच फेरि चल्यो हेटौंडाका घरहरुमा डोजर, स्थिती अशान्त

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ फागुन ८ आइतबार
hetauda_sadak_bistar.jpeg
हेटौंडा । विरोधकाबीच मकवानपुरको हेटौंडाको मूल सडकमा अवस्थित घरहरुमा डोजर चलेको छ । अदालतको पेशी कुरेर बसिरहेको सडक डिभिजन कार्यालय मकवानपुरले विभिन्न सरोकारवाला निकायसँगको छलफलपछि आईतबार बिहान नौ बजेदेखि डोजर चलाउन सुरुगरेको कार्यालयका प्रवक्ता जयराम अधिकारीले जानकारी दिए । 
 
कार्यालयका अनुसार अदालतमा आउँदो १२ गतेको लागि पेशी तोकिएका नौ घरधनी बाहेक अन्यत्र डोजर चलाएर सडक विस्तारको काम जारी राख्ने निर्णय गरी आईतबारदेखि काम सुरु गरिएको हो । उता, सडक विस्तारको काम सुरु भएसँगै एउटा समूहले सोको विरोध गर्दा हेटौंडाको जनजीवन अशान्त बनेको छ । पहिलेदेखि नै विरोधमा रहेका स्थानीयहरुको एक समूहले विरोध गर्न सुरु गरेपछि हेटौंडा बजारमा अहिले उच्च संख्यामा प्रहरी परिचालन गरिएको छ । 
 
यति हुँदाहुँदै पनि मकवानपुर उद्याेग वाणिज्य स‌ंघकाे कार्यालय रहेकाे चाेकमा केहीबेर ढुंगा हानाहान समेत भएकाे थियाे । सडक विस्तारकाे विराेध गर्दै आएकाहरुलार्इ प्रहरीले रोक्न लागेपछि झडप भएकाे हाे । झडपपछि मकवानपुर उद्याेग वाणिज्य स‌ंघका अध्यक्ष राजकुमार न्यौपानेले सरकारको मन्त्रीले दिएको निर्देशन समेत नमानेर स्थानीय प्रशासनले गैरजिम्मेवारी पन देखाएकाेले याे स्थिती अाएकाे बताए । 
 
प्रहरी परिचालन गरेर भएपनि अदालतमा मुद्दा परेका बाहेक अरु घरहरु भत्काउने काम नरोकिने कार्यालयले जनाएको छ । स्थानीय र प्रशासनबीच मुआब्जाको विषयमा कुरा नमिल्दा झण्डै डेढ महिनादेखि हेटौंडा बजारमा तनाव सुरु भर्इरहेको छ ।
 
हेटौंडा बजारको २५ मिटर आसमासका घरधनीहरुलाई मुआब्जा दिएर मात्रै घर भत्काउन माग गर्दै स्थानीय आन्दोलित भएपनि प्रशासनले गैरकानूनी रुपमा बनेका घरहरुलाई मुआब्जा दिन नसकिने बताएपछि उद्योग वाणिज्य संघ मकवानपुरको अघुवाईमा हेटौंडामा विगत लामो समयदेखि स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् । तर सरकारले आन्दोलनका बाबजूतपनि कहिले सडक भत्काउने त कहिले रोक्ने गर्दै आएको छ । तर, अब भने निर्माणको काम नरोकिने सरकारी पक्षले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ