arrow

हेर्नुहोस् उत्तर कोरीयाका 'राष्ट्रपति उन'को तीनपुस्ते नाता सम्बन्ध

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
kim_jong_un.jpeg
काठमाडौं । सर्वशक्तिमान राष्ट्र अमेरिकालाई समेत त्रासदी सिर्जना गराउन सक्ने केही शासकहरुको सूचीमा पर्छन् उत्तर कोरीयाली राष्ट्रपति किम जोङ उन । उनका हजुरबुबाको बारेमा अहिलेका पुस्ताहरु जानकार छैनन् । तर, उनका पिता भने उन जस्तै क्रुर शासक रहेको कुरा धेरैलाई थाहै छ । उनले भने आफ्नो पिताको भन्दा पनि क्रुर व्यवहार देखाएर विश्वलाई  मात्रै चकित बनाउने गरेका छैनन् । आफ्नो पितालाई नराम्रो भन्नेहरुलाई बाबु त बरु अलिक तैबिसेक भन्नुपर्ने बनाईदिएका छन् । 
 
उनका सौतेनी दाजुको मलेसियामा निधन भएको समाचार प्रकाशित भएसँगै चिनियाँ चर्चित सञ्चार संस्था ग्लोबल टाईम्सले अब कतै उत्तर कोरीयाले मिसाईल आक्रमण त गर्दैन भनेर चिन्ता व्यक्त गरेको थियो । यो चिन्ता धेरैले गरिरहेका छन् अहिले पनि । यद्यपि उनको निधनबारे थप अनुसन्धान भईरहेको बताईएको छ । 
 
यसैबीच ग्लोबल टाईम्सले नै उनको निधनपछि राष्ट्रपति उनको तीनपुस्ते विवरण सार्र्वजनिक गरेको छ । उक्त विवरणका अनुसार उत्तर कोरीयाली नेता किम इल सोङका नाती हुन् किम जोङ उन । सोङकी श्रीमती किम जोङ सुकको गर्भबाट दुईवटा सन्तान जन्मिए किम जोङ इल र छोरी किम क्योङ हुई । 
 
इलकी श्रीमती थिईन् को योङ हुई । जसको गर्भबाट अहिलेका राष्ट्रपति उनसँगै अन्य चार जना सन्तान थिए । चारजना मध्येको उन तेस्रो छोरा थिए । उनीहरुको जेठो पनि छोरा नै थिए । तर, उनी राष्ट्रपति बन्नुपर्नेमा उनले शासन हत्याएका थिए । उनकी एक दिदी र एक बहिनी पनि रहेका छन् । जस मध्ये उनकी बहिनी रि सोल जु दक्षिण कोरीयाली राष्ट्रपतिको श्रीमती हुन् । 
 
यद्यपि उनका दाजु कहाँ छन् र के गर्दैछन् भन्नेबारे बाहिर सार्वजनिक गरिएको छैन । तर उनकी दिदी किम यो जोङ भने अहिले उत्तरकोरीया कै कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा रहेको बताउने गरिएको छ । तर, अहिले हत्या गरिएको भनेर चर्चामा रहेको किम जोङ नाम भने उनका सौतेनी दाजु हुन् । यस विषयमा थप जानकारी तल उल्लेखित इन्फोग्राफबाट पनि पाउन सकिन्छ । 
 
Image may contain: 10 people, people smiling
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ