arrow

कमल थापालाई प्रदिप विक्रम राणाले टक्कर दिने

मण्डलेतन्त्रले पार्टी चलाउन खोजेको आरोप

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
pradip-rana-news.jpeg

काठमाडौं । राप्रपाको एकता महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय अध्यक्ष प्रदिप विक्रम राणाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मलेन गरेर उनले कमल थापाले पार्टीलाई मण्डलेतन्त्रले चलाउन खोजेको भन्दै अध्यक्ष पदको लागि उम्मद्वारी घोषणा गरेको बताए ।

राणाले भने, ‘आज बिहानदेखि मैले उम्मेद्वारीको फर्म माँगे तर निरञ्जन थापाले उपलब्ध गराउनु भएन्, किन भनेर सोधेको त हाम्रो सहमति भैसक्यो, तपाईले पाउनुहुन्न भनेर थर्काउन थाले, के मैले निर्वाचनमा आफ्नो अधिकार प्रयोग गर्न नपाउने ?, अब म न्यायको ढोकामा जान्छु, मैले कसैको दबाब र कसैको भनसुनमा उम्मेद्वारी दिइरहेको छैन्, आफ्नो अधिकारलाई प्रयोग गर्न खोज्दैछु ।’

उनले अघि थपे,‘मलाई हिजोको बन्दसत्रमा बोल्ने समय दिइएन, म बोल्छु भनेर प्रतिप्रश्न गर्दा कमल थापाले यसलाई घाक्रेठ्याक लगाएर बाहिर निकाल भनेर आदेश दिनुभयो, त्यसपछि उहाँका गुण्डाहरूले मलाई लतार्दै बाहिर निकाले, के यही हो उदारवाद ? कि ४ जना नेताको मात्र पार्टी हो राप्रपा ? यसरी आत्मसम्मानमाथि आँच र चोट पुग्ने खालको आदेश दिने कमल थापाको के म गुलाम हो ? यसरी मण्डले प्रवृत्तले पार्टी चल्दैन र लाखौ कार्यकर्ताको भविष्य अन्धकार बन्छ ।’

आफुलाई धम्की आइरहेको र आफ्नो जीवन सुरक्षा गरिदिन प्रहरी प्रशासनलाई आग्रह गर्दै भने,‘मलाई धम्क्याउने र थर्काउने काम भैरहेको छ, मेरो जीवनको सुरुक्षा प्रशासनले गर्नुपर्छ, म अध्यक्षको लागि मैदानमा छु, चार हजार प्रतिनिधिको आवाजको आधारमा मैले अध्यक्षको पदको लागि उम्मेद्वार घोषणा गरेको हुँ, हामी यूवाले नेपालको राजनीतिको नेतृत्वमा भाग लिन नपाउने हो, यदी हो भने कमल थापाले यसको जवाफ दिनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ