arrow

संविधान हिन्दुको वेद वा कुनै धर्मको दस्तावेज होइन : श्रेष्ठ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ फागुन ८ आइतबार
gopalman-st-g.jpeg

स्याङ्जा । काँग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले नेपाली जनताले बनाएको संविधान नेपाली जनताले नै समय अनुकुल सुधारदै जानुपर्ने बताएका छन् । स्याङ्जाको वालिङ नगरपालिका ६ मा निर्माण गरिएको मोटेरेवल पुलको उदघाटन गर्दै नेता श्रेष्ठले सबैको भावना समेटिएर बनेको संविधान बेला बेलामा परिमार्जन गर्न सकिने बताए । संविधानमा केही त्रुटि होला नेता श्रेष्ठले भने,“यो कुनै हिन्दुको वेद होइन र यो कुनै धार्मिक दस्तावेज होइन यसलाई परिमार्जन गर्न सकिन्छ ।” परिमार्जन गर्दै मुलुकमा देखिएको संकट अन्त्य गर्दै लैजानुपर्ने भएकाले काँग्रेसले संशोधनको प्रस्ताव अगाडी बढाएको श्रेष्ठको भनाई छ ।

संविधान बनेपछि पनि मुलुकमा देखिएको संक्रमणलाई हटाउन छिट्टै निर्वाचन गर्नुपर्ने नेता श्रेष्ठले बताए । मुलुकमा देखिएको संकटको निकास हटाउन एउटै मात्र उपाय छ पुर्व मन्त्री समेत रहेका श्रेष्ठले भने,“ निर्वाचन गरेर संविधानको कार्यन्वयन तर्फ लाग्नुपर्छ ।” छिट्टै तिनतहको निर्वाचन तालिका घोषणा गरेर मुलुकलाई निर्वाचन तर्फ लैजानु आजको आवश्यकता हो नेता श्रेष्ठले, –थपे । लामो समय निर्वाचन हुन नसक्दा भ्रष्टाचार मौलाएको चर्चा गर्दै श्रेष्ठले सरकारले छिट्टै निर्वाचनको वातावरण बनाउन पनि आग्रह गरे ।

स्याङ्जाको विकासमा भूमिका खेल्दै आएका श्रेष्ठले जिल्लाको विकास निर्माणमा आफु सदैव तयार रहेको बताए । १०.८ मिटर लम्बाई रहेको पुल ७१ लाख २८ हजार ४ सयमा निर्माण गरिएको हो । जेएन इश्वर निर्माण सेवा प्रालिले निर्माणको ठेक्का पाएको पुल समय अवधि भन्दा अगाडी नै निर्माण गरि उपभोक्ता समितिलाई हस्तान्तरण गरेको थियो । वालिङ ६ तार्कुडाडा र रसखोलाका वासिन्दा वर्खाको समयमा पुल नहुदा सास्ती झेल्दै आएका थिए । जिल्ला विकास समितिले निर्माण गरेको पुल निर्माण पछि करिव २ सय घरधुरी लाभान्वित पुल निर्माण समितिका अध्यक्ष लोकनाथ अर्यालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ