arrow

सिके राउतका कार्यकर्ताद्वारा रुपन्देहीकाे प्रहरी चौकीमा आक्रमण

प्रहरीले चलायो गोली

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
Rupandehii-hamrakura-new.jpeg
काठमाडौं । सिके राउतका कार्यकर्ताले प्रहरी चौकीमा आक्रमण गरेपछि रुपन्देहीमा तनाव सिर्जना भएको छ । रुपन्देहीको वाडबलिया प्रहरी चौकीमा विहान एक्कासी सिके राउतका कार्यकर्ताहरुले आक्रमण गरेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिनको लागि ४ राउण्ड हवाई फायर र ५ सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 
 
झडपको क्रममा प्रहरीको साथमा रहेको एउटा हतियार समेत लुटिएको प्रहरीले जनाएको छ । ‘झडपको क्रममा प्रहरीको एउटा लङ ब्यारेल गन -हतियार लुटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो । सो क्रममा प्रहरीले २४ जना राउतका कार्यकर्तालार्इ पक्राउ गरेको थियो । ती मध्ये ३ जनालार्इ विद्यार्थी भनेर प्रहरीले विहान छाडेको थियो ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ