arrow

विद्यार्थी भनेर छुटेकाहरुले गरे प्रहरी चौकीमा आक्रमण

अझै स्थिती तनावग्रस्त

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
gun-bullet-ar.jpeg
काठमाडौं । रुपन्देहीमा आइतबार विहान भएको आक्रमण विद्यार्थी भनेर अभिभावकको जिम्मा लगाईएका सिके राउतका कार्यकर्ताले गरेको भेटिएको छ । शनिबार पक्राउ गरिएका २४ जना राउतका कार्यकर्ताहरु ३ जनालाई आईतबार विहान मात्रै अभिभावकको जिम्मा लगाएर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी रविन्द्र बहादुर धानुले जानकारी दिए । 
 
विभिन्न स्थानमा आगजनी गरेको भन्दै प्रहरीले शनिबार साँझ २४ जनालाई पक्राउ गरेको थियो । उनीहरु मध्ये २१ जनालाई अझै प्रहरी नियन्त्रणमा नै राखिएको छ । उनीहरु मध्ये ३ जनाको परिवारले जिम्मा लिएर लगेको भएपनि उनीहरु निस्कँने वित्तिकै प्रहरी चौकीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।  
 
अहिले सो सो क्षेत्रको स्थिती साम्य भईनसकेको प्रहरीले जनाएको छ । उक्त आक्रमणमा प्रहरी हवल्दार अर्जुन रोकाय, प्रहरी जवानहरु राम बहादुर भण्डारी, अमर मल्ल र रमेश पाल घाईते भएका छन् । उनीहरुको अहिले भीम अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । तर राउतका कार्यकर्ताहरु भने कति घाईते भए भन्ने जानकारी भएको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ