arrow

राप्रपाको अध्यक्षका लागि दुई जनाको उम्मेद्वारी, राणाले थापालाई टक्कर दिने

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
news-thapa-ne.jpeg

काठमाडौं । राप्रपाको आगामी नेतृत्वका लागि दुई जनाको उम्मेद्वारी परेको छ । काठमाडौंमा जारी एकता महाधिवेशनको उम्मेद्वारी दर्ताका क्रममा  कमल थापाविरुद्ध प्रदीप विक्रम राणाले उम्मेदवारी दर्ता गराएका हुन् । राणा आफै महाधिवेशनस्थल भृकुटीमण्डप पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । थापाले राणा भन्दा अघि नै उम्मेद्वारी दर्ता गराएका थिए ।

काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रीय अध्यक्ष राणाको उम्मेदवारी दर्ता नम्बर २७ रहेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समिति सदस्य बाबुराम बस्नेतले अध्यक्षमा २ जनाको उम्मेद्वारी दर्ता भएको बताए । राष्ट्रिय अध्यक्ष प्रकाश चन्द्र लोहनीले भने उम्मेद्वारी दिएनन् ।

राणाले भने आइतबारै पत्रकार सम्मेलन गरेर कमल थापाले पार्टीलाई एकलौटी रुपमा चलाउन खोजेको भन्दै अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका थिए । राणाले आफुलाई बन्द सत्रमा बोल्न नदिएको, उम्मेद्वारी दर्ताको फर्म नदिएको र उम्मेद्वारी दर्तामा पनि झुलाएको बताएका छन् ।

यस्तै, राणाले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेलगत्तै उनीमाथि एक समूहले दुर्व्यवहार गरेको छ । राणाले बन्द सत्रबाट पनि निकालिएकाले कमल थापाकै समर्थकले आफूलाई दुर्व्यवहार गरेको बताए । राणालाई घेरा हालेकोको दृष्य पत्रकारले क्यामरामा कैद गर्न थालेपछि सो समूह पछाडि हट्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ