arrow

एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाको विजयी सुरुवात, न्यूजिल्याण्ड स्तब्ध

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
AB-de-vili.jpeg

हमिल्टन । न्यूजिल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेट दक्षिण अफ्रिकाले जितेको छ । हमिल्टनमा भएको पहिलो एक दिवसीयमा दक्षिण अफ्रिका ४ विकेटले विजयी भएको हो ।

टस हारेर पहिले व्याटिङ गरेको न्यूजिल्याण्डले दिएको दुई सय ८ रनको चुनौती दक्षिण अफ्रिकाले १ बल बाँकी छँदै पार गरेका हो । न्यूजिल्याण्डले निर्धारि ३४ ओभरमा ७ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो ।

जवाफमा दक्षिण् अफ्रिकाका क्न्सिन डे कुक चम्किएपछि दक्षिण अफ्रिका ४ विकेटले विजयी भयो । कुकले ६९ रन बनाए । कप्तान एबी डेभिलियर्सले अविजित ३७ रन बनाए । क्रिस मोरिसले चार विकेट लिएपछि न्यूजिल्याण्डलाई सस्तैमा समेटेको दक्षिण

अफ्रिकाले पाँच खेलको एक दिवसीय श्रृंखलामा १–० को अग्रता लिएको छ । यसअघि भएको एक मात्र टि–ट्ेवन्टी क्रिकेट पनि दक्षिण अफ्रिकाले नै जितेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ