arrow

प्रिया देउजाका आफन्त न्यायको लागि आमरण अनसन बस्ने

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
priya-deuja.jpeg
काठमाडौं। प्रिया देउजाका हत्या प्रकरणमा संलग्न पीडकलाई पक्राउ गरेर कारबाही नगरेको भन्दै पीडित परिवारले आमरण अनसन सुरु गर्ने भएको छ। आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित परिवारले प्रियाको हत्या भएको एकहप्ता वितिसक्दा पनि प्रशासनले पीडकलाई पक्राउ गर्न नसकेको र प्रशासनले आफ्ना कुरा नसुनेको भन्दै पीडित परिवारले आमरण अनसन थाल्ने बताएको हो।
 
मृतक प्रियाका बाबु प्रधुम्नकुमार देउजाले एकहप्ता वितिसक्दा पनि प्रशासनले प्रभावकारी काम नगेरको र उल्टै माथिको आदेश बिना केही गर्न नसकिने भन्दै अन्यायमा पार्न खोजेको ओरोप लगाए।उनले भने,‘महानगरिय प्रहरी प्रभाग सातदोबाटोका प्रमुख रामेश्वर यादवले माथिको आदेश बिना आफुले केही गर्न नसक्ने भन्छन्, त्यो माथिको आदेश भनेको के हो? पीडितको आवाज र साहाराको लागि प्रहरी प्रशासनलाई हामी जनताले विश्वास गरेका हुन्छौँ, तर यहाँ मानिस मारेर खुल्याम अपराधि हिडिरहेका छन्, यस्तो स्थितिमा पनि पीडितको साहारा बन्न सक्दैन भने प्रहरी हाम्रो लागि कुन चराको नाम?, कि यो प्रशान प्रलोभनमा परेको छ, कसैको पैसामा बिक्रि भएको छ? हामीलाई अरु केही चाँहिदैन, केवल न्याय चाहिन्छ।’
 
त्यस्तै मृतकका काका उत्तम देउजाले यथेष्ट प्रमाण हुँदाहुँदै पनि प्रमाणहरूलाई प्रहरीले नै मोड्न खोजेर महिला हिँसालाई बढावा दिन खोजेको आरोप लगाए। उनले भने,‘महिलामाथिको अत्याचार दिनप्रति दिन बढ्नुमा प्रहरी प्रशासनको ठुलो भूमिका रहेको छ, यदि जनताको नुन पानि खाएर सच्चा राष्ट्रको सिपाही हो भने प्रहरी प्रशासनलाई यस्तो निरिह भएर पीडितका आवाजलाई मार्न खोज्नु लाज लाग्नु पर्छ हामी यस्तो लाजमर्दो सुरक्षाकर्मीको हकर्तका बिरुद्ध निरन्तर खवरदारी गछौँ।’
 
उनले अघि थपे,‘प्रियाका श्रीमान विप्लप सुबेदी घटनाको दुईदिन अघि आफ्नो फेशबुकवालमा ‘म किन मौन छु, नसोच म केही गर्न सक्दीन, म एउटा ठुलो हत्या योजनामा छु, भनेर लेखेका छन्, जुन कुरा प्रियाले संसार छोडेको दोस्रो दिन पछि फेशबुकबाट हटाएका छन्, के यो प्रियाको आत्म हत्या हो? के हेरेर बसेको छ, हाम्रो प्रशासन? पीडक जबसम्म कानुनको कठघारामा आउँदैन तबसम्म हामी न्याएको लागि हर प्रयास गरिरहेनेछौँ।’
 
गृहमन्त्रीका स्वकिय सचिव विक्रम विश्वासलाई भेटेर पीडित पक्षले न्यायको लागिपहल गरिदिन गरेको आग्रहलाई समेत एसपी अशोक सिँहले अटेर गरि डियसपि रामेश्वर यादवलाई तत्काल पीडकलाई छाडिदिन आदेश दिनुले मानवअधिकारको ठाडो उल्लङ्घन भएको पीडितले आरोप लगाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ