arrow

राप्रपाको लाइन : पाँच विकास क्षेत्रलाई आधार माने संघीयता स्वीकार्ने

राजासहितको प्रजातन्त्र, धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
RPP-new-mah.jpeg

काठमाडौं । राप्रपाले संघीयतामा जाने भए पाँच विकास क्षेत्रलाई नै मान्नु पर्ने अवधारणा ल्याएको छ । राप्रपा एकता महाधिवेशनको बन्दसत्रले संघीयतामा जानै पर्ने भए पाँच विकास क्षेत्रलाई नै कायम गर्नु वैज्ञानिक हुने अवधारणा अघि सारेको हो ।

महाधिवेशनले राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । राप्रपाले राजासहितको प्रजातन्त्र, सम धर्म–सम भाव, धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र र सुध्रिएको स्थानीय स्वायत्त शासन प्रणाली हुनुपर्ने धारणा तय गरेको संसदीय दलका प्रमुख सचेतक एवं उपाध्यक्षका दावेदार दिलनाथ गिरीले जानकारी दिए ।

उनले भने, ‘स्थानीय संरचना सुधारिएको हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । संघीयताको सवालमा हामीले चाहिँदैन भनेर विपक्षमा मतदान गरेका हौँ । आजको आवश्यकता हो भने हिमाल, पहाड र तराई नछुट्टिएको संघीयता अर्थात् पाँच विकास क्षेत्रलाई आधार मान्नु पर्छ । त्यसका लागि हाम्रो महाधिवशेन सकारात्मक छ भन्ने सन्देश दिएका छौँ ।’ पाँच विकास क्षेत्रलाई आधार मान्ने संघीय संरचना मात्रै वैज्ञानिक हुन्छ । विवादरहित हुन्छ । राप्रपाले पाँच विकास क्षेत्र वाहेकको संघीय संरचनालाई स्वीकार गर्नै सक्दैन, गिरीले भने ।

यस्तै, परराष्ट्र नीतिमा राप्रपाले पञ्चशीलकै सिद्धान्तका आधारमा दुवै छिमेकीसँग समान सम्बन्ध राख्नु पर्ने अवधारणालाई नै कायम राखेको छ । राप्रपाले संविधान संशोधनलाई यथास्थितिमा नसघाउने र परिमार्जनसहित सर्वमान्य बनाइए सघाउने निचोड निकालेको गिरीले बताएका छन् । गिरीले भने, ‘हामी सबै भन्दा पहिले त स्थानीय तहको निर्वाचन होस् भन्ने चाहन्छौं । सरकारले चुनावको मिति तत्काल घोषण गरोस् । संविधान कार्यान्वयनमा सबैलाई मान्य हुनेगरी अघि बढ्न कुनै आपत्ति छैन ।’  
केन्द्रीय कार्यसमिति १६३ सदस्यीय
राप्रपाको परिमार्जित विधान अनुसार केन्द्रीय कार्यसमिति १६३ सदस्यीय हुने गिरीले बताएका छन् । यस्तै, अध्यक्षसहित २७ जना पदाधिकारी रहने छन् । एक अध्यक्ष, ५ पाँच उपाध्यक्ष, ४ महामन्त्री,  ५ सह–महामन्त्री, ७ सहायक महामन्त्री, एक कोषाध्यक्ष, एक सहायक कोषाध्यक्ष र ३ जना प्रवक्ता रहने गिरीले जानकारी दिए ।

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा कमल थापाले उम्मेद्वारी दिएका छन् थापाविरुद्ध क्षेत्रीय अध्यक्ष प्रदीप विक्रम राणाले समेत उम्मेदवारी दर्ता गराएका छन् । प्रजातन्त्रमा उम्मेद्वारी दर्ता गराउनु स्वभाविक भए पनि महाधिवेशन कमल थापामय भएको निकठस्थहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ