arrow

बंगलादेशमा मनाङले देखायो तागत, बंगलादेशी क्लबविरुद्ध २–० को जित

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
news-FOOTball.jpeg

चट्गाउँ । दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको पहिलो खेलमा नेपालको मनाङ मस्र्याङ्दीले बंगलादेशी क्लब मोहमोदेन स्पोर्टिङविरुद्ध २–० को शानदार जित हासिल गरेको छ । मोहम्मद अजिज रंगशालामा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकियो । दोस्रो आफपछि आक्रामक भएको मनाङका लागि ५३औँ मिनेटमा ओलावालेले गोल गरे । उनले मनाङलाई १–० को अग्रता दिलाए ।  

यस्तै, ८६औँ मिनेटमा विशाल राईले गोल गर्दै अग्रता दोब्बर पारे । बंगलादेशी क्लब मोहमोदेनले खेलको अन्तिम समयसम्म गोल गर्न नसकेपछि मनाङ २–० ले विजयी भयो । शनिबारदेखि सुरु भएको प्रतियोगितामा मनाङ विजयी सुरुवात गरेको हो । मनाङ समूह ‘बी’मा छ ।

घरेलु फुटबलमा सिजनकै उत्कृष्ट प्रदर्शन गरेको मनाङ पहिलो खेलमा सकरात्मक नतिजा निकालेसँगै उत्साही भएको छ । मोहमोदेन बंगलादेश प्रिमियर लिगको १०औं स्थानको क्लब हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ