arrow

रुकुममा नेविसंघ र वाइसीएल कार्यकर्ताबीच झडप, पसल भत्काए

स्ववियु निर्वाचनकै झगडा

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७३ फागुन ८ आइतबार
Student-election.jpeg

रुकुम । रुकुमको आठविसकोटमा नेपाल विद्यार्थी संघ र वाइसीएल कार्यकर्ताबीच झडप भएको छ । झडपको क्रममा स्थानीय सिमबजारमा रहेका स्थानीयका सात वटा घुम्ति पसल भत्केका छन् । आइतबार दिउँसो नेविसंघ र वाइसीएलका कार्यकर्ताबीच झडप हुँदा सिमबजारमा रहेका घुम्ति पसल भत्केका  स्थानीय कमल शालले जानकारी दिए ।

गएको ४ फागुनमा आठविसकोटमा रहेको राडिज्यूला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको उम्मेद्वारी दर्ताको क्रममा नेविसंघका अध्यक्षका उम्मेद्वार सुजल शाहीलाई वाइसीएल कार्यकर्ताले आक्रमण गरेपछि तनाव बढेको थियो । आफ्ना उम्मेद्वारमाथि सांघातिक आक्रमण भएको भन्दै नेविसंघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ ।

इलाका प्रहरी कार्यालयको टोलीले शाहीलाई आक्रमण गर्ने वाइसीएल जिल्ला उपाध्यक्ष मानबहादुर चनारालाई पक्राउ गरेपनि प्रहरी नायव उपरीक्षक र प्रमुख जिल्ला अधिकारीले माओवादी केन्द्रका नेताहरुको जमानिमा छोडेका थिए । उनलाई छोडसँगै दैनिक जसो नेविसंघका कार्यकर्ता र वाइसीएल कार्यकर्ताबीच तनाव हुँदै आएको छ । जस कारण राडि बजारका स्थानीय सुरक्षा माग्दै प्रहरी कार्यालयमा जाने गरेका छन् । जिल्ला प्रहरी कार्यालयले भने कुनै पनि समस्या नरहेकोे बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ