arrow

सुनकाण्डमा मुछिएका एसएसपी खत्रीलाई १० थुनामै राख्न म्याद थप

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
shyambahadur-khatrinews.jpeg

काठमाडौं । ३४ किलो अवैधन सुन तस्करीमा मुछिएका निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) श्याम खत्रीलाई थप दश दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको हिरासतमा रहेका खत्रीलाई यसअघि काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि चार दिन र दश दिन गरी म्याद थप गरेकामा अनुसन्धान नसकिएको भन्दै थप दश दिन म्याद थप्ने अनुमति दिएको हो ।

गएको माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको ३४ किलो अवैध सुन तस्करीमा संलग्न रहेको आरोपमा एसएसपी खत्री माघ २३ गते प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेका थिए । आरोपी खत्रीलाई सुनकाण्डबारे छानविन सुरु हुनेवित्तिकै प्रहरीले प्रहरी प्रधान कार्यालय तानेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ