arrow

व्यवसायीकै आह्वानमा सोमबार हेटौंडा बन्द !

अाइतबार साँझ पनि तनावग्रस्त बन्याे हेटाै‌ंडा

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ फागुन ८ आइतबार
Hetauda_banda.jpeg
हेटौंडा । उद्योग वाणिज्य संघले सोमबार हेटौंडा बन्दको आह्वान गरेको छ । बन्दको विरोध गर्नुपर्ने व्यवसायीहरुको संस्था उद्योग वाणिज्य संघले आईतबार एक विज्ञप्ती जारी गर्दै सडक विस्तारको क्रममा सरकारले स्थानीयमाथि बल प्रयोग गरेको भन्दै बन्दको आह्वान गर्नु परेको जनाएको छ । 
 
संघका अध्यक्ष राजकुमार न्यौपानेको हस्ताक्षर सहित प्रकाशित विज्ञप्तीमा सुरक्षाकर्मीको गोलीगठ्ठाको भरमा परी प्रशासनले निजी संरचना भत्काउने काम गरेको भन्दै सो कार्य निन्दनीय रहेको जनाएको छ । सडक डिभिजन कार्यालयले सर्वाेच्च अदालतको अल्पकालीन अन्तरिम आदेशको समेत अवज्ञागरी अन्यायपूर्ण अग्रसरता देखाएको विरोधमा सोमबार एकदिन हेटौंडा बन्दको आह्वान गरिएको जनाएको छ । 
 
विगत केही समय अगाडिदेखि रोकिएको सडक विस्तारको काम आईतबारबाट फेरि सुरु भएको थियो । सो क्रममा आईतबार विहान पनि प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा वर्साएको थियो भने प्रहरीले पनि प्रदर्शनकारीमाथि बल प्रयोग गरेको थियो । कार्यालयले आईतकारको काम सुरुवात मात्रै रहेको भन्दै सोमबारदेखि कामले तीब्रता पाउने बताईरहँदा आन्दोलनरत पक्षले भने बन्द आह्वान गरेको हो । 
 
सडक डिभिजन कार्यालयका प्रवक्ता जयराम अधिकारीले आजको निर्माण कार्य सुरुवात मात्रै भएको भन्दै सोमबारदेखि कामले तीब्रता पाउने आश्वासन दिए । उनले हेटौंडाको सडक विस्तारले मुलुकभर एउटा पाठ सिकाएको भन्दै कानूनभन्दा बाहिर गएर कुनैपनि काम नभएको दाबी पनि गरे । उनले पहिले नै मुआब्जाको विषय टुङ्गिसकेकाहरुलाई दोहोरो मुआब्जा दिन नसकिने स्पष्ट पनि पारे । 
 
यसैबीच, आईतबार साँझ २५ मिटर सडक विस्तार गर्न लागेको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघको पल्पसाहलबाट निस्केको मशाल जुलुश माथि प्रहरीले हस्तक्षेप गरी तितरवितर पारेको छ । उनीहरु सडक विस्तारको विरोध र सोमबारको बन्द सफल पार्न अह्वान गर्दै हिँडेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ