arrow

काँग्रेसको जोड : वैशाखमै स्थानीय निर्वाचन

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
CONGres-new-pic.JPG.jpeg

काठमाडौं । प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसले वैशाखभित्रै स्थानीय निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ । सरकारले स्थानीय तहको निर्वचनको मिति घोषणा गर्ने तयारी गरिरहेकाबेला आइतबार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको  छलफलले वैशाखमै निर्वाचन हुनुपर्नेमा जोड दिएको हो ।

विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा समेत काँग्रेस नेताहरुले वैशाखभित्रै निर्वाचन हुनुपर्ने अडान राखेका थिए । काँग्रेस अझै स्थानीय तह वा निकायको निर्वाचन भन्नेमा अन्योलमै छ । यद्यपि, निर्वाचन आयोगले कानुन बने अनुसार स्थानीय तहकै निर्वाचनकै हुने बताइसकेको छ । आयोगले जेठ १ र २१ गते गरि दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव समेत गरेको छ ।  

कांग्रेसले वैशाखमा निर्वाचन हुनपर्ने निर्णय गरेको बैठकमा सहभागि नेताहरुले बताएका छन् । स्थानीय तह पुनःसंरचना आयोगले तयार पारेको प्रतिवेदनमा सुझाव दिन गठित कार्यदलले सरकारलाई सुझाव बुझाइसकेको अवस्थामा काँग्रेसले स्थानीय तह पुनःसंचनाको विषय र संविधान संशोधनका विषयमा थप छलफल गरेर अघि बढ्न सकिने धारणा बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्ट मधेसी मोर्चा र विपक्षी एमालेसँग परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ