arrow

सरकार-मधेशी माेर्चा बैठक फेरि निष्कर्षविहीन

दुबै पक्षको अडान यथावत्, संशोधन अघि मोर्चा निर्वाचनमा नजाने

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
baluwatar-news-ppp.jpeg
काठमाडौं । आइतबार रातीसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकार र मधेशी मोर्चाबीचको बैठक फेरि निष्कर्ष विहीन भएको छ । सत्तारुढ दल माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेशी मोर्चाका नेताहरु बीच भएको बैठकमा दुबै पक्षले आ आफ्नो अडान कायमै राख्दा निष्कर्षमा पुग्न नसकेको हो ।
 
सोमबार निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको सरकारले अघिल्लो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा मधेशी मोर्चसँग वार्ता गरेको हो । उक्त बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचनको मिति घोषणाका विषयमा केन्द्रित भएर छलफल भएको भएपनि छलफल विना निष्कर्ष टुंगिएको नेपाल सद्भावना पार्टी अध्यक्ष अनिल झाले जानकारी दिए । 
 
बैठकमा प्रधानमन्त्रीले सरकार स्थानीय निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको मोर्चाका नेताहरुलाई जानकारी गराएका थिए। प्रधानमन्त्री मधेशमा जनसंख्याको घनत्वलाई मध्यनजर गर्दै स्थानीय तहको संख्या बढाउन सरकार लागिरहेको जानकारी दिँदै फागुन १० गतेबाट सुचारु हुने संसदबाट संविधान संशोधन विद्येयक अघि बढाएर निष्कर्षमा लैजाने बताउँदै राजनीतिक गतिरोधका लागि स्थानीय तहको निर्वाचनमा आउन मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए। जवाफमा मधेशी मोर्चाका नेताहरुले पहिले संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जान सकिने सुझाव दिएका थिए । 
 
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ