arrow

निष्कलंक हेर्ने हो भने त डा पोख्रेल नै आइजीपी हुन उपयुक्त छैनन् र ?

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
dr-dinesh-pokhrel.jpeg
काठमाडौं । नेपाल प्रहरीको प्रमुख बन्न पनि भारतकै सहयोग लिनुपर्छ भन्ने पढ्नुप¥यो भने त्यो भन्दा ठूलो पीडा अरु के हुन सक्ला । किनकि सुरक्षा प्रमुख पनि भारतले नै तोक्यो भने त्यसको नतिजा भयंकर हुन सक्छ । तर भएको त्यस्तै छ । 
सबैको अनुमान थियो कि डीआइजी नवराज सिलवाल नै अबको आइजीपी हुन् । तर भएनन् । 
 
अर्का डीआइजी जयबहादुर चन्दलाई सरकारले आइजीपी बनायो । आफ्नो अपमान ठानेका सिलवालले सर्वोच्चमा मुद्दा हाले । मुद्दा विचाराधीन छ । त्यसो त सिलवाल गत माघ २४ गते भारतीय राजदूत रणजीत रायलाई भेट्न लैनचौर पुगेका थिए । 
 
आइजीपी बन्न सहयोग गर्न भएको आग्रहलाई राजदूत रायले सुनेको नसुन्यै गरिदिएर । त्यस्तै काठमाडौंमा आयोजित इन्टरपोल सम्मेलन छाडेर नयाँदिल्ली उडेका डीआईजी चन्दले गत माघ १० गते नै कांग्रेस सभापति शेरबहादुर देउवाको नाम लिँदै दिल्लीमा महत्वपूर्ण भेटघाट गरेका थिएर । 
 
यी दुईबाहेक अन्य दुई जना पनि दावेदार थिए । तर उनीहरु स्वतः छायाँमा परे । यसमा भारतले राम्रै भूमिका खेल्यो । त्यो भूमिका भनेको प्रहरीमा उथलपुथल ल्याइदिने । 
 
चन्द यसै पनि सरकारको नजरबाट टाढा जान नसक्ने थिए । किनकि देउवा सुदूरपश्चिमको व्यक्ति भनेपछि ज्यान फालेर लाग्ने गरेका छन् । उनले गृहमन्त्री विमलेन्द्र निधिलाई निर्देशन दिइसकेका थिए । उनको निर्देशन फ्लप खायो । हुनत देउवाले आफूले चन्दलाई आइजीपी बन्न कुनै दबाब नदिएको स्पष्ट पारेका छन् । 
 
तर लाजले पनि उनले त्यो गरेको एक्सपोज भइसकेको छ । सत्ताभित्रैको रस्साकस्सीपछि छिनोफानो लागेको आइजीपी नियुक्ति प्रकरण अदालतमा पुगेपछि राजनीतिक हस्तक्षेप अझ उदाङ्गिएको छ । माघ २८ गते अधिवक्ता कपिलदेव ढकालले दायर गरेको रिट र फागुन १ गते स्वयं डीआइजी सिलवालले दायर गरेको पूरक निवेदनमाथि सुनुवाइ गर्दैै प्रधानन्यायाधीश सुशीला कार्कीकै इजलासले चन्दलाई तत्काल पदवहाली नगराउन आदेश दिएको छर । सर्वोच्चको फैसला नआउन्जेल नयाँ प्रहरी प्रमुख को भन्ने अन्योल कायमै छ ।
 
यस्तोमा अवसर पाएका छन् नेपाल प्रहरी अस्पतालका प्रमुख डा. दिनेशचन्द्र पोख्रेलले । उनी एआइजी हुन् । हुनत उनलाई गत साउनमै एआइजी बनाउनु पर्ने थियो । तर गृहमन्त्री निधिको घृणित राजनीतिका अगाडि केही नलागेपछि उनलाई गत पुसमामात्र एआइजी बनाई अस्पतालको प्रमुख तोकिएको हो । त्यतिन्जेल उनले निमित्त खाइरहेका थिए । 
अर्कातर्फ प्राविधिक अधिकृत अहिलेसम्म आइजीपी बनेका छैनन् । 
 
तर कानुनले बन्न रोकेको भने छैन । त्यसैले पनि पोख्रेललाई एआइजीको सपथ ढिला खुवाइएको थियो । कारण हो डिआइजीबाटै सरकारले चाहेको व्यक्तिलाई प्रमुख बनाउने । अहिले निमित्त खाइरहेका पोख्रेल भोलिका दिनमा अदालतको फैसला अर्कै भएका खण्डमा अदालतमा गए भने जित्ने निश्चित छ । 
 
विगतमा नयाँ आइजीपीले पदवहाली नगरी निवर्तमानले अवकाश पाउने चलन थिएन । यसपटक भयो । जब पहिलो पटक धेरै भएको छ भने अब पोख्रेललाई नै आइजीपी बनाउँदा के फरक पर्ला र । आखिर डीआइजीबाट एकैपटक आइजीपी बनाउँदा उसले एआइजीका काम कर्तव्यलाई बुझेको हुँदैन । 
 
यो मामलामा पोख्रेल गत साउनदेखि नियमित एआइजी बैठकमा सहभागी भएकाले पाका भएका छन् । हुनत सरकारले सकेका खण्डमा आगामी माघ ७ गतेभित्र तीन वटा निर्वाचन सम्पन्न गर्नुपर्नेछ । जसका लागि नेपाल प्रहरीले खेल्ने भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । यस्तोमा प्राविधिकले कमाण्ड सम्हाल्न गाह्रो हुन सक्ला । 
 
तर जिम्मेवारी पाएपछि जस्तासुकैले पनि बहन गर्न सक्छन् भने निमित्त खाइरहेका पोख्रेल अहिले भएका प्रहरीहरुमा सबैभन्दा पाका हुन् । यसकारणले पनि अब पोख्रेललाई नै प्रहरी महानिरीक्षक दिएर विवाद समाधान गर्ने उत्तम विकल्प अगाडि रहेको छ । 
 
यदि अर्को कसैले पायो भने त्यसमा राजनीतिक रंग त लागेकै छ । पोख्रेल यसै पनि दागविहीन तरिकाले त्यहाँ पुगेको स्पष्ट छ । होइन भने उनले गत साउनमै सपथ खाइसकेका हुन्थे ।
 
आफू अवकाशमा जाने तिथि नजिकिँदै गर्दा निवर्तमान आइजीपी उपेन्द्रकान्त अर्यालले डीआइजीहरू सिलवाल, चन्द, प्रकाश अर्याल र बमहादुर भण्डारीलाई बोलाएर राजनीतिक लबिङ थाल्न भनेका थिएर । 
 
अर्यालको सुझावअनुसार चन्दले देउवालाई पछ्याए । सिलवालले माओवादी र एमाले नेताहरूको फेर समाए । अर्याल र भण्डारीले कसैको विश्वास पाउन सकेनन् । र पनि प्रयास भने गरेका थिए । तर भण्डारीलाई साथ भारतको थियो । भारतीय राजदूत रायले फागुन १ गते बिहानै प्रचण्ड निवासमा जाने हिम्मत गरेका थिए । 
 
रायको आग्रह र निर्देशन सामु उनी घुँडा टेक्न सकेनन् । किनकि देउवाले प्रचण्डलाई यसअघि नै भेटेर चन्दलाई आइजीपी नबनाए सहकार्य तोड्ने चेतावनी दिएका थिए । यो अवस्थामा यदि पोख्रेललाई आइजीपी बनाउने हो भने राजनीतिक भद्रगोलको अन्त्य हुने पक्का छ । 
 
यसैबीच, न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिकृष्ण कार्कीको इजलाशमा पेश तोकिएको मुद्दा प्रतिवादी जयबहादुर चन्दको नाममा म्याद तामेली नभएको पाइएपछि आइतबार सुनुवाई हुन सकेन । यसले गर्दा निमित्त आइजीपी डा. पोख्रेलले थप केही समय प्रहरीको कमान सम्हाल्ने छन् । (जनभावना साप्ताहिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ