arrow

एफए कप फुटबलः म्यानचेष्टर युनाइटेड र टोटनह्याम क्वार्टरफाइनलमा

युनाइटेडको अबको भिडन्त चेल्सीसंग

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
manutd.jpeg
उडपार्क । म्यानचेष्टर युनाइटेड र टोटनह्याम हट्सपर इङलिश घरेलु फुटबल प्रतियोगिता एफए कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । पाँचौं चरणको खेलमा म्यानचेष्टरले ब्ल्याकबर्न रोभर्सलाई २–१ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो ।
 
ब्ल्याकबर्नकै मैदान उडपार्कमा भएको खेलमा अग्रता भने ब्ल्याकबर्नले लियो । १७ मिनेटमै डानियल ग्राहामले गोल गर्दै म्यानचेष्टरलाई दबाबमा राखे । तर २७ औं मिनेटमा मार्कस रास्फोर्डले गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई बराबरीमा ल्याए ।
 
निर्णायक गोल भने ७५ औं मिनेटमा ज्लातन इब्राहिमोभिचले गरे । 
 
युनाइटेडको अबको भिडन्त भने प्रिमियर लिगको लिडर चेल्सीसंग हुनेछ । युनाइटेड म्यानेजर होजे मौरिन्होले भने चेल्सीसंगको भिडन्तमा आफू नभइ चेल्सी नै दबाबमा रहेको प्रतिक्रिया दिएका छन् ।
 
उनले भने, ‘दबाबमा हामी हैन चेल्सी छ किनकि लिग लिडर चेल्सी हो ।’
 
एफए कपको अर्को खेलमा टोटनह्यामले फुल्हमलाई ३–० ले हरायो । वान साइडेड खेल प्रदर्शन गरेको टोटनह्यामका लागि ह्यारी केनले ह्याट्रिक गरे ।
 
टोटनह्यामको अबको भिडन्त मिल्वालसंग हुनेछ । मिल्वालले प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीलाई १–० ले हराएर क्वार्टरफाइनलमा ठाउँ बनाएको हो । 
Graham wheels away in celebration after giving the home side a shock lead in the FA Cup fifth-round clash on Sunday
Graham falls to his knees by the corner flag as he celebrates his opening goal in front of the away supporters
Ibrahimovic celebrates with Marcos Rojo and the rest of his team-mates as United finally took the lead at Ewood Park
Marcus Rashford equalises for the Premier League side as he latched onto Henrikh Mkhitaryan's pass before slotting home
Rashford collects the ball and is congratulated by Jesse Lingard after bringing United level in the game
Jose Mourinho unleashed the cavalry in the second-half as he introduced Pogba and Ibrahimovic to the fray
Ibrahimovic came close to prodding United in front but was unable to get a toe onto the ball as it skipped across goal



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ