arrow

स्पेनिश लिग फुटबलः बार्सिलोनाले रियाल मड्रिडसंग अंक दूरी घटायो

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
messi-barcelona.jpeg
क्याम्प नोउ । स्पेनिश लिग फुटबल ला लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले शीर्ष स्थानको रियाल मड्रिडसंग अंक दूरी कम गरेको छ । आइतबार राति भएको खेलमा लेगनेसलाई घरेलु मैदान क्याम्प नोउमा २–१ ले हराउँदै बार्सिलोनाले शीर्ष रियालसंग अंक दूरी अन्तर एकमा झारेको हो ।
 
बार्सिलोनालाई जिताउन दुवै गोल लिओनल मेसीले गरे । चौथो मिनेटमै पहिलो गोल गरेका मेसीले अन्तिम मिनेटमा पेनाल्टीमार्फत अर्को गोल गरेका हुन् । लेगनेसले ७१ औं मिनेटमा उनाइ लोपेजको गोलबाट बराबरी गरेपछि बार्सिलोनालाई खेल जित्न निकै संघर्ष गर्नुपरेको थियो ।  
 
यो जितपछि २३ खेलबाट बार्सिलोनाको ५१ अंक भएको छ । तर दुई खेल कम खेलेको रियाल मड्रिडको भने ५२ अंक छ ।
 
रियालले लगातार तीन खेलमा पराजय भोगेमात्र बार्सिलोनाले अग्रता लिने देखिन्छ । जुन असम्भवजस्तै छ ।
 
२३ खेलबाट ४९ अंकको सेभिया तेस्रो स्थानमा छ । 
Lionel Messi was the hero for Barcelona as he scored twice in the club's narrow victory over Leganes
Unai Lopez celebrates with team-mate Alberto Martin after levelling the scoring on Sunday evening
Lopez fires the ball through Marc-Andre ter Stegen's leg in the 71st minute to stun the Catalan giants
The brave visitors had some good chances to equalise after going behind early on in the match
Leganes goalkeeper Iago Herrerin comes out to punch the ball clear during the tense and tight affair
Messi is mobbed by his team-mates after opening the scoring at the Nou Camp in the fourth minute
The Argentine forward pictured firing home from close range to give Barcelona the lead on Sunday evening
Messi dribbles with the ball as Leganes players chase him down during the opening stages of the match
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ