arrow

बझाङ उद्योग बाणिज्य संघमा कांग्रेस-माओबादी समर्थक प्यानल बिजयी

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ फागुन ९ सोमबार
bajhan-udhyaog.jpeg
 बझाङ । उद्योग बाणिज्य संघको चौथो अधिबेसनबाट नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र समर्थक ब्यापारीहरुको सयुक्त प्यानल बिजयी भएको छ । आईतबार भएको उद्योग बाणिज्य सघंको निर्बाचनमा अध्यक्ष दान बहादुर सुर्मेली लगायत अन्य एधार जना उनको प्यनाल बाट बिजयी भएका हुन्  ।
 
एमाले समर्थक ब्यापारीहरुको एकल प्यानल बाट अध्यक्ष जगत बहादुर मल्ल लगायत १२ जना पराजित भएका छन् ।  मल्लको प्यानल बाट सचिब शंकर रसाईली र सदस्य बिनोद बहादुर सिंह, जनक बहादुर सिंह मात्र बिजयी भएका छन् । निर्बाचनमा खसेका आठ सय ३५ मत मध्ये दान बहादुर सुर्मेलीले  चार सय १३ मत ल्याएर बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्घन्दी जगत मल्लले चार सय २ मत प्राप्त गरेको निर्बाचन मण्डलका संयोजक प्रकाश सिंहले जानकारी दिए ।
 
 त्यसै गरि प्रथम उपाध्यक्षमा सुयुक्त प्यानलका नरबहादुर बोहोरा दितिय उपाध्यक्षमा दिनेश भण्डारी , महासचिब महेश बहादुर मल्ल कोषाध्यक्षमा शिबराज बोहोरा सह कोषाध्यक्षमा ज्ञान बहादुर बोहोरा सदस्यहरुमा दिपक ओली ,बिष्णु मल्ल , राम बहादुर सिहं, लोकेन्द्र बिक, तिलक धामी , र सत्य देबी खड्का बिजयी भएका पनि सिहंले बताए । पाटीको सहकार्यमा चुनाबी मैदानमा उत्रिएका ब्यापारीहरुको अधिबेसनलाई आफ्नो पक्षमा बिजयी गराउन पाटी पंक्ती देखि सबै सकृय भएर चुनाबी प्रचार प्रसारमा खटिएका थिए ।
 
 काग्रेस माओबादी केन्द्रको सहकार्यमा गरिएको बझाङ उद्योग बाणिज्य संघको चुनाबमा सयुक्त प्यानलको बिजय भएपछि पाटी लाई अप्रतक्ष रुपमा पाmईदा पुगेको नेपाली काग्रेसका पाटी शभापति हर्कजगं सिहंले जानकारी दिनु भयो । बिजय भएपछि सोमबार बिहानै देखि सदरमुकाम चैनपुरमा बाजागाजा , नारा जुलुस सहित बजार परिक्रमा गरिएको थियो ।  पछिल्लो संबिधान शभाको निर्बाचनमा जिललाको दुई वटै निर्बाचन क्षेत्रमा एमाले बिजय भएपछि एमाले लाई कमजोर बनाउन बिभिन्न चुनाबी मोर्चाहरुमा काग्रेस माओबादी केन्द्रले सहकार्य गदै आएका छन् ।
 
 पौष १४ गते सन्चालन भएको बझाङ उद्योग बाणिज्य संघको निर्बाचन मतदान हदै गर्दा बिबाद भएर ढुङ्गा मुडा भएपछि स्थगित भएको थियो । एक हजार ४९ साधारण सदस्यहरु रहेको बझाङ उद्योग बाणिज्य संघको निर्बाचनमा ८ सय ३५ मत खसेका थिए । ब्यपारीहरुको हकहितका लागी स्थापना भएको बझाङ उद्योग बाणिज्य संघले पछिल्लो समयमा जिल्लाको आर्थिक सामाजिक तथा पर्यटकिय बिकासका लागी पनि जोड दिदै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ