arrow

नेपाली क्रिकेटको झगडा मिलनविन्दु नजिक, अब के हुन्छ ?

सल्लाहकार समूहमा चतुरबहादुर र अशोकनाथ पनि

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
can-ICC.jpg.jpeg

काठमाडौं । निलम्बनमा परेको नेपाली संघ क्यानको झगडा मिलनविन्दु नजिक पुगेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीका प्रतिनिधिले नेपाल आएर झगडा समाधानको बाटो बताइदिएका छन् । आइसीसी ग्लोबल डेभलपमेन्ट प्रमुख विलियम ग्रिल्ड र प्रतिनिधि अमर शेखसहितको टोलीले नेपाली क्रिकेटका सरोकारवालाहरुसँग गरेको छलफलले झगडा मिलनविन्दु नजिक पुगेको संकेत गरेको हो ।

गएको शुक्रबार नेपाल आएको आइसीसी टोलीले नेपाली क्रिकेटको विवाद समाधान गर्न गठित सल्लाहकार समूहमा दुई सदस्य थप्न सहमति दिएको छ । सहमतिपछि अब सल्लाहकार समूहमा निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुर्‍याल समावेश हुँने भएका छन् ।

आइसीसीको टोलीले नै सहमति दिएपछि अब सल्लाहकार समूह ८ सदस्यीय हुने सल्लाहकार समूह सदस्य एवं प्रवक्ता रोहित दाहालले हाम्राकुरालाई जानकारी दिए । उनले भने, ‘अब सबैलाई मिलाएर लैजाने सहमति भएको छ । सल्लाहकार समूह ८ सदस्यीय भएसँगै कार्यविधि पनि तयार भएको छ ।’ टिओआर बनिसकेको दाहालले जानकारी दिए ।

उनका अनुसार टिओआरमा केही आन्तरिक कुराहरु उल्लेख छ, भने क्रिकेट संघको विधान बनाउने, निर्वाचन गराउने र विभिन्न स्टेक होल्डरसंग छलफल गरिनेछ ।  यस्तै, आगामी मार्च ११–१३ मा राष्ट्रिय टोलीले केन्याविरुद्धको आइसीसी विश्व क्रिकेट लिग खेल्ने र त्यसका लागि तयारी गरिने उनले जानकारी दिए ।

अब झगडा सकियो की, बाँकी नै छ ?
निर्वाचित क्यान अध्यक्ष चतुरबहादुर चन्दले हाम्राकुरालाई भने, ‘सल्लाहकार समितिमा राख्ने कुरा आएको छ । टिओआर पाइसकेको छैन । हामी आइसीसी प्रतिनिधिहरुसँगको छलफलमा सहभागि भयौँ ।’ झगडा सुल्झाउने हो भने हामीले विधान अनुरुप गरेको साधारणसभाबाट पारित भएको विधान संशोधन गरेर अघि बढ्नु पर्छ, चन्दले थपे, ‘टिओआरमा प्रष्ट हामीले पारित गरेको विधानलाई संशोधन गरेर निर्वाचन गर्ने भन्ने उल्लेख छ भने हामी तयार छौँ ।’ अन्यथा हामीलाई मान्य छैन । यो हाम्रो शर्त हो ।
चन्दले भनेका छन्, ‘यो सल्लाहकार समूह नयाँ विधान बनाउनका लागि बनेको हो जस्तो लाग्दैन । त्यसैले समस्या समाधानको बाटो हामीले दिइसहेका छौँ ।’ टिओआरमा के लेखिएको छ । त्यसअनुसार हामीले पोजिसन लिन्छौँ ।

निलम्बन फुकुबा कहिले हुन्छ ?
राज्यले हस्तक्षेप गरेको भन्दै आइसीसीले क्रिकेट संघमाथि लगाएको प्रतिबन्ध फुकुवाबारे पहल भइरहेको बताइँदैछ । आइसीसीको टोलीले  आगामी जुन (जेठ–असार)मा हुने आइसीसीको साधारण सभामा नेपाल क्रिकेट संघ क्यानका निलम्बन फुकुवाको प्रस्ताव टेबुल गर्ने बचन दिएको सल्लाहकार समूहका प्रतिनिधिहरुले बताएका छन् । जुनमा हुने वार्षिक साधारण सभामा नेपालको सदस्यता निलम्बन फुकुवाबारेको प्रस्ताव टेबुल भई निर्णय आउन सक्ने आइसीसी प्रतिनिधिहरुले जनाउ दिएको सल्लाहकार समूहका प्रवक्ता दाहलले जानकारी दिए ।

अदालतको मुद्दा कहाँ पुग्यो ?
निर्वाचित क्यान कार्यसमिति बनेपछि सरकारले गठन गरेको तदर्थसमितिविरुद्ध चतुरबहादुर चन्द पक्षले दर्ता गरेको मुद्दाको १४ महिनासम्म पनि फैसला हुन सकेन । पहिले–पहिले पेशी सरेको याद हुन्थ्यो, चन्दले भने, ‘अब कति पटक सर्‍यो भन्ने याद नै हुन छाड्यो । सरेको सर्‍यै छ । अब चैतमा पेशी तोकिएको भन्नु सुन्नमा आएको छ । पेशी कति पटक सर्‍यो अदालतलाई नै थाहा होला ।’ विधान विपरीत साधारणसभा गरेको भन्दै राष्ट्रिय खेलकुद् परिषद्ले २०७२ पुसमा तदर्थ समिति गठन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ