arrow

भीरकोटलाई लागुऔषध मुक्त बनाउने योजना

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ फागुन ९ सोमबार
virkot-photo.jpeg
स्याङ्जा । भीरकोट नगरपालिकालाई लागुऔषध मुक्त नगरपालिका बनाउने उदेश्यले एक दिने जनचेताना मुलक कार्यक्रम गरिएको छ । आँधीखोला पिस युथ क्लवको आयोजनामा तथा गेट वे फाउण्डेसन पोखरा, भीरकोट उद्योग वाणिज्य संघ, दहथुम प्रहरी चौकी र भीरकोट नगरपालिकाको सहयोगमा नगरपालिकालाई लागुऔषध मुक्त नगरपालिका बनाउन जनचेतना तथा न्युनिकरण अभियानको थालनी गरिएको हो । जिल्लाको मध्यभागमा रहेको भीरकोट नगरपालिकामा लागुऔषधबाट धेरै युवाहरु विग्रेको महशुष गरी क्लवले यो अभियान थालनी गरेको क्लवका अध्यक्ष राजकुमार गुरुङ्ले बताए ।
 
लागुऔषध ओसार पसार र सेवनमा भीरकोटका युवाहरु धेरै फसकेको महशुष हामीले गरेका छौं क्लवका अध्यक्ष गुरुङ्ले भने,“जिल्लाकै नमुना र यो नगरपालिकालाई लागुऔषध मुक्त नगरपालिका घोषणा अभियानको पहिलो शुरुवात हो ।” क्लवले बेला बेलामा यहाँका युवाहरुलाई सचेत र लागुऔषधबाट हुने क्षतीका बारेमा जानकारी दिदै आएका छौं । क्लवले अगाडी सारेको यो अभियानलाई यहाँका राजनीतिकदलले पनि स्वागत योग्य ठानेका छन् । क्लवमा बढी मात्रमायुवाहरुको सहभागिता हुने भएकाले पनि क्लवले नै यो अभियान अगाडी बढाएमा नगरपालिकालाई लागुऔषध मुक्त बनाउन सजिलो हुनेमा राजनीतिकदल, अभिभावक, व्यवसायीहरु विश्वस्त देखिन्छन् । 
 
लागुऔषधका कारण धेरै युवाहरुको स्वास्थ्यमा क्षती भएको छ नेपाली काग्रेसका महाधिवेसन प्रतिनिधि गोविन्दकुमार कर्मचार्यले भने,“स्वास्थ्य मात्रै नभएर समाज र सिङ्गो राष्ट्रलाई नै यसले असर गर्दछ ।” यसको प्रयोग र ओसार पसारमा बढी युवाहरु नै संलग्न हुने भएकाले यसबाट टाढा रहनु राम्रो हुनेछ कर्माचार्यले थपे । एक दिने जनचेताना मुलक प्रशिक्षणमा गेट वे पोखराका इशवर गुरुङ्ले नेपालमा लागुऔषधको अवस्था, यसको कानुनी व्यवस्था र असरका बारेमा जानकारी दिएका थिए । करिव एक सय जना युवा, अभिभावक, महिलाको सहभागिता रहेको प्रशिक्षणमा भीरकोटलाई लागुऔषध मुक्त नगरपालिका घोषणा गर्न सकरात्मक देखिएका छन् । जिल्लाको लागुऔषधमा ट्रान्जेट प्वाइन्टमा रहेको भीरकोटलाई लागुऔषध मुक्त नगरपालिका घोषणा गर्न सकेमा जिल्लामै नमुना हुने देखिन्छ । लागुऔषध दुव्यसनीमा फसेका कारण केही दिन अगाडी एक युवाले ज्यान गुमाएपछि क्लवले यो अभियानलाई अत्यन्तै तिब्रताका साथ अगाडी बढाएको छ । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ