arrow

अन्तत: आफ्रिदीको सन्यास, सामाजिक संजालमा रमाईलो !

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
Afridi_pakistan.jpeg
एजेन्सी। पाकिस्तानी क्रिकेटर शाहिद आफ्रिदीले टि-२० क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। आफ्नो २१ बर्षिय अन्तराष्ट्रिय क्रिकेटबाट बिदा लिने क्रममा आफ्रिदीले ३९८ एकदिवसीय र ९८ टि-२० अन्तराष्ट्रिय खेलेका छन्। 
 
एकदिवसीय अन्तराष्ट्रियमा ३७ बलमा शतक बनाएर चर्चामा आएका आफ्रिदीले पाकिस्तानकालागि २७ टेष्ट क्रिकेट पनि खेलेका थिए। दाहिने हातका ब्याट्सम्यान र लेग स्पिनरका रुपमा पाकिस्तानबाट खेलेका आफ्रिदी 'बुम बुम'का नामाले पनि प्रशंसक माझ परिचित छन्। 
 
उनको सन्यासलाई लिएर धेरै चर्चा हुने गरेको छ। सन् २००६मा टेष्टबाट सन्यासको घोषणा गरेका आफ्रिदीले २ हप्तामा आफ्नो निर्णय फिर्ता लिएका थिए। अन्तत: उनले सन् २०१०मा टेष्ट क्रिकेटबाट सन्ायस लिएका थिए।
 
त्यसैगरि सन् २०११मा उनले इकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए तर ५ महिनामा आफ्नो निर्णय उल्टाएका थिए। उनले सन् २०१५मा एकदिवसीय क्रिकेटबाट सन्ायस लिएका थिए। 
 
सन् २०१६को टि-२० विश्वकप भन्दा पहिला उनले सन्यास लिने चाहाना देखाएका थिए र अन्तत: उनले सन् २०१७मा सन्यासको घोषणा गरेका छन्। 
 
उनको सन्यासले सामाजिक संजालमा उनी प्रति ब्यंग गर्दै मानिसहरुले बहश शुरु गरेका छन्। केही रमाईला ट्विट तथा फेसबुक स्टाटस:
 
'चौथोपटक आफ्रिदीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्'। 
 
'सन्यास अस्थायी हो घोषणा स्थायी-शाहिद आफ्रिदी'।
 
'आफ्रिदीको सन्यास र ३१ डिसेम्बर पछि सेट-टप बक्स लगाउनु अनिवार्य छ भनेका उस्तै हुन्'
 
'एकदिन क्रिकेट आफ्रिदीबाट सन्यास लिन्छ तर आफ्रिदी क्रिेकटबाट सन्यास लिंदैनन्।'
 
'आफ्रिदीको सन्यास विश्वको सबैभन्दा लामो धारावाहिक हो'।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ