arrow

होस्टेलमा बस्ने छात्रको मृत्युलाई लिएर स्थानीय स्कुल र प्रहरीमाथि खनिए

भीड नियन्त्रण गर्न प्रहरीले गर्‍याे ७ राउण्ड हवाइ फायर

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
hawai-fayar-news.jpeg

काभ्रे । बनेपाको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा अध्ययनरत एक विद्यार्थीको मृत्युको विषयलाई अभिभावक र गाउँले स्कुलभित्रै छिरेर तोडफोड गरेका छन् । प्रहरीलाई हातपात गर्दै भीड स्कुलभित्र छिरेर तोडफोड गरेपछि प्रहरीले ७ राउण्ड हवाइ फायर गरेको छ । काभ्रे प्रहरी प्रमुख सहकुल थापाका अनुसार आक्रोशित भीडले हानेको ढुंगा लागेर दुई प्रहरी घाइते भएका छन् ।

भीड नियन्त्रणमा आएको छ, थापाले भने, ‘मृतकको शव पोष्ट मार्टमको लागि पठाएका छौँ । आक्रोशित भीडलाई हामीले थेग्न सकेनौँ । निकै बेर भयो । प्रहरी कर्मचारीहरुलाई हातपात गर्दै स्कुलभित्रै छिरेर आक्रमण गर्न थालेपछि हामीले ७ राउण्ड हवार फायर गर्नु परेको हो ।’

विद्यालय प्रशासनको लापरबाहीको कारण विद्यार्थीको मृत्यु भएको भन्दै आक्रोशित अभिभावक र आफन्तले विद्यालय परिसरभित्र छिरेर तोडफोड गर । केही स्थानीय पनि घाइते भएका छन् । कक्षा १० को परीक्षा दिने तयारीको लागि छात्रबासमा रहेका १७ वर्षीय कृष्णराम पुर्कुटी राती सुतेकै ठाउँमा मृत भेटिएका बताइएको छ ।

प्रहरी प्रमुखअ थापाले भने, ‘होस्टेलमा संँगै साथीहरु सुतेका थिए । कृष्णराम विहान उठाउँदा नबोलेपछि साथीहरुले होस्टेल व्यवस्थापकलाई खबर गरेको सम्म जानकारी आएको छ । अन्य सोधपुछ हुन नपाई आफन्तहरुले प्रदर्शन गरेकाले थप जानकारी लिन सकिएको छैन ।’  

विरामी नबोलेपछि तत्काल करुणा हस्पिटल लगिएको र उक्त हस्पिटलल शीर मेमोरियल अस्पताल रेफर गरेकामा शीर मेमोरियलले मृत घोषणा गरेको बताइएको छ । कृष्णरामबा बुबाले विद्यालयको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । उनले विरामी भएपछि अविभावकलाई खबर नगर्नु विद्यालयको गम्भीर गल्ती भएको पनि बताए ।

प्रहरीले कृष्णरामको कोठामा सुतेका ७ जना विद्यार्थीलाई सोधपुछ गरेको छ । कृष्णराम सुतेको ओछ्यान अनुसन्धान अगाडि नै विद्यालय प्रशासनले हटाएको भन्दै अभिभावकले मृत्युमा प्रशासनको पनि संलग्नता भएको आरोप लगाएका छन् । प्रहरी प्रमुख थापाले पोष्टमार्टमपछि मात्रै सबै यकिन हुने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ