arrow

मन्त्रिपरिषद् बैठक : १४ देशका लागि राजदुत सिफारिस

स्पेनमा नयाँ दूतावास खोल्ने

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
cabinet-news-aa-14.jpeg

काठमाडौं। सरकारले १४ देशकालागि राजदुत सिफारिस गरेको छ। सोमबार दोस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले राजदुतको नाम शिफारिस गरेको हो। सत्ताधारी माओवादी केन्द्रबाट चार, काँग्रेसबाट ६ , राप्रपाबाट ३ र फोरम लोकतान्त्रिकबाट १ जना गरि कुल १४ जनाको नाम सिफारिस भएको हो।

माओवादीकेन्द्रको कोटामा युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रवहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि राजदूत सिफारिस भएका छन् । शर्मिला पराजुली ओमानका लागि राजदूत सिफारिस भएकी छन् । उनी फोरम लोकतान्त्रिकबाट परेकी हुन् ।

कांग्रेसको कोटामा ६ सिफारिस भएका छन् । अर्जुनजंगबहादुर सिंह कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएईका लागि राजदूत सिफारिस भएका छन् ।

राप्रपाले तीन राजदूत पाएको छ । प्रतिभा राणा जापान, भरत रायमाझी स्पेन र निरन्जन थापा इजरायलका लागि राजदूत सिफारिस भएका हुन् । मन्त्रीपरिषदको बैठकले स्पेनमा नेपाली दुताबास खोल्ने निर्णय गरेको छ । नयाँ स्थापना हुने दुताबासमा पूर्व सहायक रथी भरत रायमाझीलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

यस्तै, निर्वाचनको मिति घोषणाका लागि फेरि ६ बजे बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । विहान बसेको मन्त्रिपरिषद् बैठकले अर्को बैठकमा निर्वाचनको मिति घोषणा गर्ने सहमति गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ