arrow

पोखरामा जङ्गल महोत्सव हुने, लोपोन्मुख जाति कुसुन्डालाई भेट्न पाइने

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
Kaski-hamrakura.jpg.jpeg

पोखरा । वनजङ्गल तथा जैविक विविधता संरक्षण गर्ने उद्देश्यका साथ पोखरामा तेस्रो जङ्गल महोत्सव हुने भएको छ । युवाको समूह परिचय नेपालद्वारा पोखरास्थित शान्ति वनवाटिकाको जङ्गलभित्र फागुन १२ देखि २१ गतेसम्म सो महोत्सव आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  

महोत्सवमा दर्शकले लोपोन्मुख जाति कुसुन्डालाई भेट्ने अवसरका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिमा रमाउन पाउने व्यवस्था गरिएको छ । संस्थाका अध्यक्ष सोभियत बस्यालका अनुसार जङ्गली जीवनशैली र जैविक विविधतासम्बन्धी अध्ययन गरिरहेका सोधकर्ताका लागिसमेत महोत्सव लाभदायक हुने छ । महोत्सवमा रोबोटिक भूत घर, नेपाल र भारतका रेस्लिङ, फेसन शो तथा नाटक मञ्चनजस्ता आकर्षक रहने व्यवस्था गरिएको छ ।

पचास वटा कक्ष रहने सो महोत्सवमा रु ८० लाख लागत लाग्ने अनुमान गरिएको छ, अध्यक्ष बस्यालले भने, ‘‘महोत्सवबाट रु एक करोड आम्दानी गर्ने लक्ष्य लिएको छु ।’ आम्दानीहुने रकममध्ये दुई लाख ५० हजार शान्ति वाटिका क्षेत्रको सडकको स्तरोन्नति ५० हजार पोखरास्थित निर्माणाधीन नाटक घरमा सहयोग गर्ने तथा कुसुन्डा जातिको संरक्षण र प्रवद्र्धनका लागि पनि आर्थिक सहयोग छुट्याउने आयोजकले जनाएको छ ।

महोत्सवकै अवसरमा शान्ति वनभित्र सुकेका रुखको ठाउँमा वृक्षरोपण गरी हरियाली बढाउने कार्यक्रम रहेको पनि सो अवसरमा जानकारी गराइयो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ