arrow

सचिवहरुको सरुवा, अख्तियार पुगे भट्टराई

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
cabinet-naya-news-aa.jpeg

काठमाडौं । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ । सोमबार अपरान्हपछि बसेको मन्त्रिपरिषद् बैठकले सचिव सरुवा गरेको हो । निजामति कर्मचारीहरुको नियमन गर्ने सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा भएका छन् ।

यस्तै, रामानन्द प्रसाद यादव सिँचाइ, गजेन्द्र ठाकुर राष्ट्रिय सतर्कता केन्द्र, मोहनकृष्ण सापकोटा समान्य प्रशासन र राजेन्द्रकिशोर क्षत्रीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय सरुवा गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सरकारले यसअघि सह–सचिवहरुको सरुवा गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ