arrow

राप्रपा महाधिवेशन : एक सय ७२ मत खसेन, अध्यक्षको परिणाम केही घण्टामै आउने

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
kamal-thapa-Vote-news.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशको अध्यक्ष चयनका भएको मतदानमा एक सय ७२ मत कम खसेको छ । मतदान सकिएको र अध्यक्षका लागि भएको मतदानको मतगणना सुरु भएको निर्वाचन समिति सदस्य बाबुराम बस्नेतले जानकारी दिए । अध्यक्षको मत परिणाम सोमबारै आउने बताइएको छ ।

अध्यक्षका लागि कमल थापा र प्रदिपविक्रम राणा चुनावी मैदानमा छन् । पहिलो भोट अध्यक्षका उम्मेदवार राणाले खसाले भने लगतै प्रकाशचन्द्र लोहनीले मतदान गरेका थिए । राणा काठमाडौं ७ का क्षेत्रीय सभापति हुन् । महाधिवेशनको मतदानमा कुल ३२ सय ९३ मध्ये ३१ सय ३६ मत मात्रै खसेको छ ।

एक सय ७२ मत नखसेको निर्वाचन समितिले जनाएको छ ।  अध्यक्षका लागि मतपत्र व्यवस्था गरिएको र केन्द्रीय सदस्यहरुका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग भएको बताइएको छ । अध्यक्षको मत परिणाम तत्काल आउने र केन्द्रीय सदस्यको मत गणना मंगलबार विहान ८ बजेपछि मात्रै सुरु हुने निर्वाचन समिति सदस्य बस्नेतले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ