arrow

राप्रपा अध्यक्षमा कमल थापा निर्वाचित, २८ सय बढी मत ल्याए

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
win-kamal-thapa.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अत्यधिक मतले निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी प्रदीपविक्रम राणालाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचित थापाले २ हजार ८ सय ४ मत ल्याउँदा प्रतिद्वन्द्वी राणाले २ सय ५१ मत मात्रै पाए । राणाको मतलाई थापा विरोधी मत भनिएको छ । कुल खसेको मत मध्ये ८१ मत भने बदर भएको निर्वाचन समिति सदस्य बाबुराम बस्नेतले बताए ।

महाधिवेशनको मतदानमा कुल ३२ सय ९३ मध्ये ३१ सय ३६ मत मात्रै खसेको थियो । एक सय ७२ मत नखसेको निर्वाचन समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ