arrow

खुल्यो अवरुद्ध बिपी राजमार्ग

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
bp-rajmarga.jpeg
सिन्धुली। शीतलपाटी गाविस–९ बेनीघाट खाल्टेमा सडक भत्किएपछि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ । राजमार्ग निर्माणका बेला सञ्चालनमा रहेको सहायक मार्गलाई मर्मत गरी एकतर्फीबाट मात्र सवारी सञ्चालनमा ल्याइएको हो । आइतबार राति ११ बजेदेखि अवरुद्ध राजमार्ग १९ घन्टापछि खुलाइएको बनेपा –सिन्धुली – बर्दिबास सडक योजनाका योजना प्रमुख भरतकाजी तिवारीले जानकारी दिए । अहिले बीच बाटामा रोकिएका सबै सवारीलाई गन्तव्यतर्फ पठाइएको छ । 
 
राति सवारी सञ्चालन गर्दा जोखिम रहने भएकाले सो समयमा कुनै पनि सवारी साधन सञ्चालन नगरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले जानकारी दिए । 
 
साँघुरो वैकल्पिक सडकबाट सवारी सञ्चालन गर्नुपर्ने भएकाले अहिले सुरक्षालाई ध्यानमा राख्दै तत्कालै एकातर्फबाट मात्र सवारी सञ्चालन गरिने छ । साँझ परेपछि दैनिक राजमार्ग बन्द रहने र बिहान ६ बजेदेखि मात्र सवारी सञ्चालन गरिने उनको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ