arrow

एमालेबाट चुनावको मिति घोषणाको स्वागत, निर्वाचन हुनेमा किन गर्दै छ शंका ?

राप्रपाको जोडदार स्वागत

logo
व्यूरो,
प्रकाशित २०७३ फागुन ९ सोमबार
UML-Press-meet-1.jpg.jpeg

काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । सरकारले गरेको निर्वाचन मिति घोषणाको प्रमुख विपक्षी एमालेले स्वागत गरेको छ । एमाले सचिव एवं प्रचारविभाग प्रमुख योगेश भट्टराईले हाम्राकुरासँग भने, ‘स्थानीय तहकै निर्वाचनको मिति घोषणा भएको हो भने स्वागत छ । हामीले भनेको पनि स्थानीय तहकै निर्वाचन हो ।’

यद्यपि, भट्टराईले स्थानीय तहको निर्वाचनको मिति घोषणा भयो भन्दैमा निर्वाचनको सुनिश्चितता भएको हामी मान्दैनौँ,–भने । उनले अगाडि भनेका छन्, ‘निर्वाचनको मिति घोषणा हुँदैमा सुनिश्चित भइसके भन्न मिल्दैन । यसमा कानुनी र राजनीति वातावरण तयार पार्न सरकारको ध्यानाकर्षण गराउनु चाहान्छौँ ।’

भट्टराईले स्थानीय तह पुनःसंरचना आयोगले दिएको प्रतिवेदन जस्ताको त्यस्तै कार्यान्वयन गरिएमात्र सरकारले घोषणा गरेको मितिको सुनिश्चितता हुने बताए । उनले भने, ‘पुनःसंरचना आयोगले दिएको प्रतिवेदनलाई पुनःविचार गर्ने र केही ठाउँमा स्थानीय तहको संख्या बढाउने गरी कार्यदललाई जिम्मा दिएको कुराहरु जसरी आइरहेको छ । यो निर्वाचन नगर्ने खेल हो भन्ने एमालेको बुझाइ हो ।’ एकातिर मिति घोषणा गर्ने अर्कोतिर स्थानी तहको संख्या र मापदण्ड हेरफेर गर्ने कुरा शंकास्पद छ ।

भट्टराईले अर्को शर्तको रुपमा सात वटा प्रदेशमा स्थानीय तहको एउटै मापदण्ड हुनु पर्दछ भनेका छन् । उनले प्रदेशै पीच्छे फकर मापदण्ड हुनै सक्दैन र एमालेलाई मान्य हुँदैन पनि भनेका छन् । 

राप्रपाको स्वागत
सत्तासाझेदार एवं संसदको चोथौ ठूलो दल राप्रपाले सरकारले गरेको निर्वाचन घोषणाको स्वागत गरेको छ । एकता महाधिवेशनबाट अत्यधिक महतले विजयी भएको खुशीकै क्षणमा अध्यक्ष कमल थापाले  ट्वीट गर्दै भनेका छन्, ‘स्थानिय तह निर्वाचन मिति घोषणाको राप्रपा स्वागत गर्दछ । निर्वाचनको अनुकुल वातावरण सिर्जना गर्न सरकार र सबै राजनीतिक दलहरुमा राप्रपा आग्रह गर्दछ ।’ अध्यक्ष थापाले महाधिवेशनको उद्घाटन् सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहालकैसामु निर्वाचनको मिति घोषणा भए पहिलो स्वागत राप्रपाले गर्नेछ, भनेका थिए ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउने मिति तय गरेको हो । निर्वाचनका लागि अर्थ मन्त्रालयले १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रकम उपलब्ध गराउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् । मन्त्री कार्कीले भने, ‘ मुलुक निर्वाचनमा गयो, सरकारले महत्वपूर्ण निर्णय गरेको छ । निर्वाचनलाई सफल बनाउन सबैको साथ र सहयोग जरुरी छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ